• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    يسر الشريعة وشمولية الأجر (خطبة)
    الشيخ أحمد إبراهيم الجوني
  •  
    الحقد الرافضي ونصر الله لأوليائه (خطبة)
    الشيخ عبدالله بن محمد البصري
  •  
    إشاعة الفاحشة
    نورة سليمان عبدالله
  •  
    سعد بن معاذ رضى الله عنه وأرضاه (خطبة)
    د. محمد حرز
  •  
    ميلاد الأخلاق والقيم (خطبة)
    د. عبد الرقيب الراشدي
  •  
    خلق الحياء وتحديات العصر (خطبة)
    د. عبدالرزاق السيد
  •  
    أمن الوطن أمانة ومسؤولية (خطبة)
    الشيخ محمد بن إبراهيم السبر
  •  
    المخالفات الشرعية المتعلقة بالعقود وأقسامها: ...
    د. نايف بن محمد اليحيى
  •  
    الحوار الأسري وأثره في استقرار البيوت (خطبة)
    ياسر عبدالله محمد الحوري
  •  
    جرائم باسم الدين: بين ثقافة الخضوع وضرورة التصحيح
    محمد حسين حسن
  •  
    تأملات في اسم الله المهيمن
    أ. د. وجيه يعقوب السيد
  •  
    تفسير قوله تعالى: {إن في خلق السماوات والأرض ...
    الشيخ أ. د. سليمان بن إبراهيم اللاحم
  •  
    ثم ماذا بعد هذا؟!
    أمل محمد
  •  
    عطاء المحاريب (خطبة)
    د. محمد بن عبدالله بن إبراهيم السحيم
  •  
    خطورة الدَّين (خطبة)
    عبدالحميد أحمد عبدالحميد طايل
  •  
    بر الوالدين جهاد في سبيل الله
    د. خالد بن محمود بن عبدالعزيز الجهني
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

ونكتب ما قدموا وآثارهم (خطبة) - باللغة النيبالية

ونكتب ما قدموا وآثارهم (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 19/4/2026 ميلادي - 4/11/1447 هجري

الزيارات: 5912

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

विषय:

(हामीले मानिसहरूले अगाडि पठाएका कर्महरू पनि लेख्छौं र उनीहरूले पछाडि छोडेका कर्महरू पनि लेख्छौं)

 

पहिलो प्रवचन:

الحمد الله العزيز الغفار الواحد القهار، أنعم على العباد هذه الدار، وجعلها مكان بلاء واختبار، ووعد الطائعين بجنات وأنهار وأشهد أن لا إله إلا الله وحده لا شريك له، تواب غفار، وأشهد أن محمداً عبده ورسوله المصطفى المختار، صلى عليه الله وعلى آله وسلم ما أثمرت الأشجار وما تفتحت الأزهار.

 

प्रशंसा र प्रार्थना पछि!

म तपाईंहरुलाई र आफैलाई अल्लाहको भय राख्न, आत्म संघर्ष गर्न र नयाँ तरिकाबाट पश्चात्ताप गर्न आदेश दिन्छु।

﴿ وَاتَّقُواْ اللّهَ وَاعْلَمُواْ أَنَّ اللّهَ مَعَ الْمُتَّقِينَ ﴾ [البقرة: 194].

 

अनुवाद: र अल्लाहको भय राख अनि जानिराख, अल्लाह भय राख्नेहरूका साथमा छन् ।

 

आस्थावान दाजुभाइहरू!आउनुहोस् आज हामी पवित्र कुरानको एउटा आयतमा चिन्तन गरौं। किनकि पवित्र कुरानमा दया, निर्देशन, सल्लाह र उपचार छ।


सर्वशक्तिमान अल्लाह भन्नुहुन्छ:

﴿ إِنَّا نَحْنُ نُحْيِي الْمَوْتَى وَنَكْتُبُ مَا قَدَّمُوا وَآثَارَهُمْ وَكُلَّ شَيْءٍ أحْصَيْنَاهُ فِي إِمَامٍ مُبِينٍ ﴾ [يس: 12].

 

निश्चय नै हामीले एक दिन मृतहरूलाई जीवित पार्नेछौं । र, तिनीहरूले अगाडि पठाएका कर्महरू र पछि छोडेका चिन्हहरू लेख्दैछौं । र, प्रत्येक कुरालाई हामीले एउटा स्पष्ट किताबमा सुरक्षित गरेका छौं ।


अल्लाहले यस आयातमा चार कुराहरू उल्लेख गरेका छन्:

पहिलो कुरा: उहाँले मरेकाहरूलाई पुनरुत्थान गर्नुहुनेछ भन्ने कुरालाई अल्लाहले जोड दिएर बताउनुभएको छ, र यो यसरी की उहाँले आफ्नो सम्बन्धमा सम्मानको शब्द प्रयोग गर्नु भएको छ।


दोस्रो कुराः संसारमा मानिसहरूले गरिरहेका कर्महरूलाई अल्लाह तआलाले लेखिरहेका छन्।


तेस्रो कुरा: र उहाँले मानिसहरूले गरिसकेका कर्महरू पनि लेख्ने गर्नुहुन्छ।


चौथो कुरा: उहाँले सबै कुरा एउटा स्पष्ट किताबमा लिपिबद्ध गर्नुभएको छ।

(अज्वा अल-बायान: ६/६५४)


अल्लाह सर्वशक्तिमान भन्नुहुन्छ: (वास्तवमा हामी मरेकाहरूलाई पुनरुत्थान गर्नेछौं) शेख सादीले लेख्छन्: अर्थात्, हामी तिनीहरूलाई तिनीहरूको कामको प्रतिफल दिनको लागि तिनीहरूको मृत्यु पछि पुनरुत्थान गर्नेछौं।


त्यसपछिको वाक्यको सम्बन्धमा (र हामी मानिसहरूले अगाडि पठाउने कामहरू पनि लेख्छौं), इब्न जरिर भन्छन्: अर्थात्, तिनीहरूले यस संसारमा जे पनि राम्रो र नराम्रो र पुण्य र पापको काम गर्छन् हामी ती सबैलाई लेख्दै छौं।


अल्लाहको भनाई:" وَآثَارَهُمْ " को सम्बन्धमा विद्वानहरूका दुईवटा प्रचलित भनाइहरू छन् र ती दुवै सही छन्, तिनीहरूबीच कुनै विवाद छैन।बरु, यी प्रत्येक अर्थलाई समर्थन गर्न कुरान र हदीसबाट प्रमाणहरू उपलब्ध छन्।


पहिलो व्याख्या: हसन र कतादाह भन्छन्: "وَآثَارَهُمْ" को अर्थ: तिनीहरूको पाइलाको छाप ही। तसर्थ जाबिर बिन अब्दुल्लाहबाट वर्णन गरिएको छ कि: जब पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम)को मस्जिदको वरपरका ठाउँहरू खाली भए, (उनको कबिला) बनु सलमाका मानिसहरूले मस्जिदको नजिक जाने निर्णय गरे। जब पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम)को सामु कुरा पुग्यो, उहाँले उनीहरूलाई भने: "मैले सुनेको छु कि तिमीहरु मस्जिदको नजिक आउन चाहन्छौ।" उनीहरुले भने: हो, हे अल्लाहका सन्देशबाहक! हामीले चाहेको यही हो। उहाँले भन्नुभयो: "बनू सलमा! आफ्नो घरहरूमा बस, तिम्रा खुट्टाको छाप लेखिने गरिन्छ।, (त्यसपछि उहाँले भन्नुभयो: "आफ्नो घरमा बस, तिम्रा खुट्टाको छाप लेखिने गरिन्छ।" (मुस्लिम)


यो अर्थ पवित्र कुरानको आयतद्वारा समर्थित छ जसमा अल्लाह सर्वशक्तिमानले मुजाहिद्दीनको बारेमा भनेका छन्।

﴿ وَلاَ يَقْطَعُونَ وَادِياً إِلاَّ كُتِبَ لَهُمْ ﴾ [التوبة: 121].

 

जुन उपत्यका पनि पार गर्छन् यी सबै लेखिने गरिन्छ, ताकि अल्लाहले तिनीहरूलाई तिनीहरुका कार्यहरूको उत्तम प्रतिदान प्रदान गरून् ।


यसले यो थाहाभयो कि तपाईंको पाइला राम्रो काममा चल्यो भने कर्मको किताबमा पुण्य लेखिनेछ र यदि तपाईंको पाइला नराम्रो काममा चल्यो भने पाप लेखिनेछ।


कतादाह भन्छन्: यदि अल्लाह तआला तपाईंको कुनै पनि मामिलाबाट बेवास्ता भएको भए, उहाँ तपाईंको त्यो पाइलाको छापबाट बेखबर हुनुहुन्थ्यो जसलाई हावाको झोकाले अस्पष्ट बनाइदिन्छ।, तर अल्लाहले आदमको छोराको सबै कार्यहरू, चिन्हहरू र छापहरू गणना गरिरहेका छन् । यहाँ सम्म कि पाइला छापहरू पनि गणना गरिएको छ कि तिनीहरू राम्रो काममा प्रयोग गरिएको छ कि कुकर्म मा।


तसर्थ, तपाईंहरू मध्ये जो कोही यसमा सक्षम छ कि अल्लाहको आज्ञाकारिताको मार्गमा उसको पदचिह्न लेकियोस्। उसले त्यो अवश्य गर्नुपर्छ।


दोस्रो व्याख्या: राम्रो र नराम्रो कार्यको प्रभाव हो, त्यसैले व्यक्तिको मृत्यु त हुन्छ,तर उसले जीवनमा गरेको कर्म र उसले उत्पन्न गरेका तरिकाहरू जसमा उसलाई उदाहरणीय मानिन्छ,त्यसका प्रभावहरू रहिरहन्छन।

 

सादी भन्छन्: "وَآثَارَهُمْ" भन्नाले उनीहरूको जीवनकालमा र उनीहरूको मृत्यु पछि भएका असल र खराब कार्यका प्रभावहरू जसको रिवाज को कारण उनीहरूको स्वयमनै थिए। साथै ती कार्यहरूलाई पनि यसले संकेत गर्दछ


जुन तिनीहरूको बोली वा तिनीहरूको कार्यको प्रभावको कारणले उत्पन्न भएका थिए। त्यसैले हरेक त्यो असल कुरा जसको अनुसरण मान्छे ले गर्ने गर्छ भक्तको ज्ञानको कारणले गर्दा वा उसको शिक्षा र सल्लाहको कारणले गर्दा वा असल आदेशको कारणले गर्दा वा उसलाई नराम्रो कामबाट रोक्नको कारणले गर्दा वा यस ज्ञानको कारणले गर्दा जुन उसले विद्यार्थीहरु लाई सिखाएको छ वा उसको जीवनकालमा र उसको मृत्यु पछि प्रयोग गरिएका उसका पुस्तकहरूका कारणले वा उसले प्रार्थना, उपवास, जकात, सदका, दान , परोपकार र भलाइ जस्ता केही असल कामहरू गर्ने गर्छ र अन्य मानिसहरूले पनि उसलाई त्यो काममा पछ्याउँछन । अथवा उसले मस्जिद बनाउँछ, वा भवन बनाउँछ जसबाट मानिसहरू लाभान्वित हुन्छन्। वा यस प्रकारको अन्य कुनै काम गर्दछ। तब निश्चय नै यी सबै कामहरू ती चिन्हहरू र छापहरूमा हुन्छन् जसलाई सेवकको कर्मको पुस्तकमा लेखिएको हुन्छ।, र यसरी नै खराब कर्महरू पनि (कर्मको पुस्तकमा लेखिएका हुन्छन् )। समाप्त


अज्वा अल-बायानका लेखक भन्छन्: "उनका संकेतहरू र छापहरूको अर्थ: मानिसहरूले इस्लाम(स्वीकार गरिसके पछी) राम्रो वा खराब तरिकाहरू स्थापित गर्नु हो। यो तिनीहरूको संकेतहरू र छापहरूमा गणना गरिन्छ जुन कार्य लाई उनीहरूको मृत्यु पछि अनुसरण गरिन्छ।"


इब्न मसुदको हदीसमा उल्लेख गरिएको छ: "जुन व्यक्तिलाई अन्यायपूर्वक क्रूरताले मारिन्छ। उसको केही हानि हजरत आदमको पहिलो छोरालाई पुग्ने गर्दछ। किनभने उ नै पहिलो व्यक्ति हो जसले अन्यायपूर्ण हत्याको रीति सुरु गरेको थियो।"


अल-नववी भन्छन्: "यो हदीसले इस्लामको नियमको वर्णन गर्दछ, त्यो यो हो: जसले कुनै रीति सुरु गर्दछ, पुनरुत्थानको दिनसम्म, उसको कर्मको पुस्तकमा प्रत्येक व्यक्तिको पापको बराबर पाप लेखिनेछ । जसले कुनै राम्रो कामको जग बसाल्छ, उसले पनि पुनरुत्थानको दिनसम्म त्यसको अभ्यास गर्नेले जस्तै पुण्य र इनाम पाउँछ। यो व्याख्या अल्लाहको यो भनाई द्वारा समर्थित छ:

﴿ لِيَحْمِلُواْ أَوْزَارَهُمْ كَامِلَةً يَوْمَ الْقِيَامَةِ وَمِنْ أَوْزَارِ الَّذِينَ يُضِلُّونَهُم بِغَيْرِ عِلْمٍ أَلاَ سَاء مَا يَزِرُونَ ﴾ [النحل: 25].

 

अनुवाद: महाप्रलयको दिन तिनीहरूले आफ्नो भार पनि पूर्णरूपमा उठाउनुपर्छ र ती व्यक्तिहरूको भार पनि उठाउनुपर्छ, जसलाई तिनीहरू अज्ञानताका कारण पथभ्रष्ट गर्दैछन् । जानिराख, तिनीहरूले उठाउने भार अति निकृष्ट रहेको छ ।


यो व्याख्या यस हदीसद्वारा पनि समर्थित छ: "जसले इस्लाममा राम्रो तरिका स्थापित गर्छ, उसले (आफ्नै) इनाम पनि पाउनेछ र उ पछि यो (विधि) अनुसरण गर्नेहरूले जस्तै इनाम पनि पाउनेछ। र तिनीहरूको इनाममा कुनै कमी गरिने छैन। र जसले इस्लाममा तरिका स्थापित गर्छ, उसको बोझ उसमाथि हुन्छ, र उसको पछि लाग्नेहरूको बोझ पनि छ उसै माथि हुन्छ र तिनीहरूको बोझ्मा कुनै कमी हुने छैन।" (मुस्लिम)।

 

यही समूहबाट पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को यो हदीस पनि हो: (जब कुनै व्यक्तिको मृत्यु हुन्छ, तीन कार्यहरू बाहेक उसको संपूर्ण कर्महरू काटिन्छन् (र जुन काटिदैनन् तिनीहरू यी हुन): निरन्तर दान वा लाभदायक ज्ञान वा इमान्दार सुपुत्र जसले उसको लागि प्रार्थना गर्दछ।" (मुस्लिम)


आस्थावान दाजुभाइहरू!


उनीहरुका चिन्हहरू र छापहरू शुभकार्य र भलाईको लागि एउटा ठूलो ढोका होl त्यसैगरी यिनीहरू खराबकार्य र नकारात्मक तत्वको लागि एउटा फराकिलो ढोका पनि हो। हदीस मा भनिएको छ: "भलाइका केही खजानाहरू छन् र यी खजानाहरूको चाबीहरू छन्। धन्य छ त्यो व्यक्ति जसलाई अल्लाहले भलाईको चाबी र खराबीको ताला बनाउनुभएको छ। र धिक्कार छ त्यो व्यक्तिलाई जसलाई अल्लाहले खराबीको चाबी र भलाईको ताला बनाउनुभएको छ।"


(इब्ने माजाले यसलाई वर्णन गरेका छन् र अल-अल्बानीले यसलाई हसन घोषित गरका छन्)।


आदरणीय दाजुभाइहरु! राम्रो र नराम्रो कार्यको संकेत र छापका केहि उदाहरणहरुमा मनन गरौं, हामी अल्लाहसंग धार्मिकता को लागी प्रार्थना गर्दछौं।


मानिसले जीविकाको खोजीमा व्यापार गर्छ, तर उसको व्यापारमा वा यस व्यापारको केही अंशमा भलाई वा खराबीको प्रभाव समावेश हुन्छ! खराबीको प्रभावको उदाहरण यो हो कि चुरोट बेच्ने व्यक्तिको व्यापारको कारण सयौं वा हजारौं मानिसहरुले धुम्रपान गर्छन् र जति पाप सबैलाई लाग्छ, त्यति नै पाप व्यापारीलाई पनि लाग्छ।


त्यसैगरी जसले नारीको छोटो र असभ्य लुगा बेच्ने गर्दछ उसलाई यो थाहा पनि नहुन सक्छ कि त्यो कपडा लाउने नारीलाई जुन पाप लागेको छ त्यसमा ऊ पनि उत्तिकै भागीदार हुन्छ। बल्कि उ त्यस व्यक्तिको पापको पनि भागीदार हुन्छ जसले त्यो नारीलाई कु-नजरले हेर्छ वा त्यस खराबीको शिकार हुन्छ।


जबकि त्यो व्यक्ति जसले सभ्य लुगा बेच्ने गर्दछ, उसलाई पुण्यले पुरस्कृत गरिनेछ किनभने उसले सम्मान, शुद्धता र कल्याणको कार्यमा मानिसहरूको मद्दत गर्दछ। यो नियम अरू त्यस्ता व्यापारीहरू माथि पनि लागू हुन्छ जसले यस्ता उत्पादनहरू विदेशहरूबाट आयात गर्दछन् वा आफैले बनाउँदछन् ।

 

त्यसैगरी प्रकाशन गृह वा पुस्तकालयका सञ्चालकहरू पनि यस नियममा बाँधिएका छन्। किनभने लाभदायक पुस्तक हानिकारक पुस्तक बराबर हुँदैन।


मानिसको संकेत र छापको कारण उसको एउटा कुरा पनि हुनसक्छ। जसलाई उसले जिब्रोले उच्चारण गर्छ वा कलमले लेख्ने गर्छ। सायद तपाईंले सहिह बुखारीको कारणले सम्पादनको बारेमा सुन्नुभएको छ। बुखारी भन्छन्: हामी इस्हाक बिन राहवैहसँग थियौं, उहाँले भन्नुभयो: "कति राम्रो हुन्थ्यो कि तपाईहरुले पैगम्बर मुहम्मद (स) को सहिह हदिसहरु भएको कुनै छोटो पुस्तक सम्पादन गर्नु भएको भए। बुखारी भन्छन्: यो कुरा मेरो हृदयमा बस्यो। त्यसैले मैले अल-जामे अस्-सहिहको संकलन सुरु गरें। अल्लाहु अकबर! इशाक बिन राहवैहको एउटा भनाइको फलस्वरूप एउटा पुस्तक अस्तित्वमा आयो जुन पवित्र कुरआन पछि संसारको सबैभन्दा सहि पुस्तक हो।यसले गर्दा उनले विगतका शताब्दीहरूमा कति इनामहरु पाउनु भयो होला? यस विषयमा हामी दोस्रो प्रवचन मा थप कुरा गर्नेछौं।


अल्लाहसँग प्रार्थना छ कि हामीलाई आफ्नो आज्ञाकारिताका कामहरूमा प्रयोग गरुन। आफ्ना खुसीका कामहरू गर्न सक्षम बनाउन। हामीलाई मार्गदर्शक र मार्गनिर्देशन अनुसार हिँड्ने वाला बनाउन। पथ भ्रष्ट गर्नेवाला र पथभ्रष्ट हुनेवाला नबनाउन। आफ्नो पालनकर्ता सित क्षमायाचना गर्नुहोस् र उहाँसित माफी माग्नुहोस।

 

दोस्रो प्रवचन:

अलहमदुलिल्लाह...


प्रशंसा र प्रार्थना पछि:

ती साधारण चीजहरू जसको पछाडि भलाईका धेरै पक्षहरू लुकेका छन्। त्यसबाट बच्चाहरुलाई सुरह अल-फातिहा र साना सुरहहरु सिकाउनु समावेश छ। किनकि यदि उसले तपाईंको शिक्षाको कारणले यी सुरहहरू कण्ठ गर्यो भने, जब जब उसले प्रार्थनामा वा अन्य कुनै समयमा यी सुरहहरू पढ्छ भने, तपाईंलाई पनि उसलाई जस्तै पुण्य मिल्नेछ । त्यसैगरी, बच्चालाई नमाजको तरिका सिकाउनु वा नमाज को प्रार्थना कण्ठ गराउनु पनि धेरै आदरणीय र महान कार्य हो। यसमा असीमित इनाम लुकेका छन्। आजका बच्चाहरु नै भोलिका युवाहरू हुन्, सम्भव छ कि उनीहरूले अन्य बच्चाहरूलाई पनि यी सुरहहरू सिकाउनेछन्। यसरी भलाईको श्रृंखला जारी रहनेछ। पचास वा सोभन्दा बढी वर्षदेखि कुरानको रेकर्डिङ भइरहेको छ। त्यसैगरी गीतहरू पनि रेकर्ड भइरहेका छन्। कुरानवालाहरु र जसलाई उनिहरूले कुरआनको शिक्षा दिएका छन् उनीहरुलाई कति पुण्य प्राप्त भएको होला? त्यसको उल्टो गीत गाउने र त्यसलाई प्रसारण गर्नेहरूलाई कति पाप लागेको होला?


जब तपाईंको माध्यमबाट कुनै अविश्वासीले इस्लाम स्वीकार गर्दछ भने तपाईं उसको सम्पूर्ण उपासनाहरुको पुरस्कारमा र ऊ द्वारा सत्मार्गमा आउने सबैको पुरस्कारमा सहभागी हुनु हुनेछ।


एक फिलिपिनो व्यक्तिले एकेश्वरवादको बारेमा छोटो पुस्तक पढेर इस्लाम स्वीकार गरे। त्यसपछि, उनी प्रचारक भए, र उनको हातमा दश हजार मानिसहरूले इस्लाम स्वीकार गरे! यी सबै मानिसहरूको इनाम र पुरस्कार त्यो किताब लेख्ने व्यक्तिको कर्मको किताबमा पनि लेखिनेछ।


अल्लाहको कसम यदि अल्लाहले तिम्रो माध्यमबाट एउटा व्यक्तिलाई पनि सत्मार्गमा डोर्याउनु भयोभने त्यो तिम्रोलागि रातो उँट (को राशी )भन्दा पनि राम्रो हुनेछ।” (बुखारी र मुस्लिम)


यदि तपाईंले रियाद अस्-सालिहीन जस्तो कुनै पुस्तक वा हिस्नुल-मुस्लिम जस्तो कुनै पुस्तिका समर्पित गर्नु हुन्छ भने, तपाईंले पनि यस पुस्तकबाट (धर्म) सिक्ने र अनुसरण गर्ने सबै मानिसहरूको इनाम पाउनुहुनेछ। स्मरणरहोस् कि हिस्नुल-मुस्लिम एक छोटो पुस्तक हो जुन धेरै उपयोगी छ। र यसको मूल्य मात्र एक रियाल हो।


यदि तपाईंले कुरआनको एक प्रति समर्पण गर्नुहुन्छ वा उपहार दिनुहुन्छ भने, तपाईंले यसलाई पढ्ने व्यक्तिले जत्तिकै इनाम पनि प्राप्त गर्नुहुनेछ। यी भलाई र राम्रो कार्य गर्ने सजिलो र सरल तरिकाहरू हुन्। सम्पुर्ण प्रसंशाहरु अल्लाह कै लागि हुन्।


सत्कर्म र भलाइको सजिलो र महान ढोकाहरू मध्ये एउटा ढोका अरूलाई भलाइको तर्फ मार्गदर्शन गर्नु पनि हो।


एकजना व्यक्ति सन्देशबाहक मोहम्मद (स) कहाँ आउनुभयो र भन्नुभयो: हे अल्लाहका सन्देशवाहक! मेरो सवारीको जनावर मरेको छ। तपाईं मलाई सवारी प्रदान गरिदिनुहोस्। उहाँले भन्नुभयो:"मसँग सवारी छैन।" एक व्यक्तिले भन्नुभयो:हे अल्लाहका सन्देशवाहक! म उसलाई एउटा यस्तो व्यक्तिको बारेमा भन्छु जसले उसलाई सवारीको जनावर प्रदान गर्नेछ।उहाँले भन्नुभयो: जसले कुनै सत्कर्म तर्फ मार्गदर्शन गर्छ भने उसको लागि सत्कर्म गर्नेवाला व्यक्ति जस्तै पुण्य मिल्ने छ। (मुस्लिम)


मेरा आदरणीय दाजुभाई हरु!

प्रिय मेरा साथीहरू!


आजकल सामाजिक सञ्जालले मानिसको जीवनमा विशेष स्थान बनाएको छ। कतिपय अवसर प्राप्त व्यक्तिहरू यसबाट धार्मिक र सांसारिक दुवै रूपमा लाभान्वित भइरहेका छन्। त्यसैले तिनीहरू यसमार्फत ज्ञान र शिक्षाको प्रचार प्रसार गर्दैछन् र दान र परोपकारलाई फैलाइरहेका छन्। जो कि मानिसहरूका लागि नमेटिने र जारी भइरहने संकेत र छापहरु हुन। जबकि केही मानिसहरूका लागि यो सामाजिक सञ्जाल पाप र बोझको कारण हो, किनभने तिनीहरू यसको माध्यमबाट निषेधित चीजहरूको रिवाज बसाई रहेका छन्। जुन निरन्तर रहने पापहरू हुन। त्यसैले निर्णयको दिनमा उनीहरूले आफ्नो पापको साथमा लाखौं मानिसहरूको पापहरू पनि आफो कार्यको किताबमा उल्लेखित पाउनेछन्। एउटा लोकप्रिय वेबसाइट मा भिडियो क्लिप हेर्नेहरुको संख्या करोडौं सम्म पुग्छ । धन्य होस् त्यो व्यक्ति जसले यसलाई भलाई फैलाउन प्रयोग गर्दछ र धिक्कार छ त्यसलाई जसले यसलाई खराबीको प्रचार प्रसारको लागि प्रयोग गर्दछ।


कहिलेकाहीं तपाईंले कुनै सभामा एउटा मुस्लिमको कुरा काट्नु भयो, र त्यो बैठकमा उपस्थित केही व्यक्तिहरूले यो कुरालाई अन्य सभाहरूमा दोहोर्याए, वा मानिसहरूले यसलाई सामाजिक सञ्जालमा प्रसारण गरे भने, तिनीहरूका सबै पापहरू तपाईंको कर्मको किताबमा लिखित हुन्छन। किनकि यो तपाईंको कार्यको छापहरु हो। कहिले काहिँ तपाईंले कसैलाई उपनाम ले बोलाउनु हुन्छ र त्यो उपनाम पुस्तासम्म चलिरहन्छ, यसरी तपाईं आफ्नो लागि धेरै पापहरुको भण्डार आफै गर्नु हुन्छ। जुन कि तपाईंको कुकर्मको फल हुनेछ।


हाम्रो समयमा भलाईको एउटा ठूलो ढोका परोपकारी दानहरूमा भाग लिनु हो। जुन धेरै र विभिन्न प्रकारका छन्। तीमध्ये केही कुरानको सेवाका लागि हुन्छन केही गरिब र खाँचोमा परेकाहरूको आवश्यकताहरू पूरा गर्नका लागि हुन्छन। केही मस्जिदहरूका लागि समर्पित छन्, केही पानीको आपूर्ति र इनार खन्ने जस्ता परोपकारका लागि छन्। जबकि केही मस्जिद निर्माणका लागि छन्। केही विवाहको लागि, केही अनाथहरूको सहयोगको लागि, कोही अल्लाह तर्फ बोलाउनका लागि र केही ज्ञानको प्रसारण का लागि। यदि मुस्लिमहरू यी परोपकारमा भाग लिने व्यवस्था गरे भने थोरै पैसाले भए पनि सर्वाधिक भलाई प्राप्त गर्न सक्छ।


किसानहरूको लागि य शुभ समचार छ कि


बीउ छर्ने र बिरुवा रोप्ने वाला लाई यी बिरुवाहरूबाट निस्कने अन्न र फलफूलबाट पुण्य प्राप्त हुनेछ्। जो कि भलाईको नमेटिने र जारी भै राख्ने चिन्ह र छापहरु हो।

 

तसर्थ जबिर बिन अब्दुल्ला हबाट वर्णन गरिएको छ कि पैगम्बर मुहम्मद (स) उम्मे माबद कहाँ बगैंचामा जानुभयो र उहाँले सोध्नुभयो: "उम्मे माबद! यी खजूरका रूखहरू कसले रोपेको हो? कुनै मुस्लिम ले वा अधर्मी ले? उहाँले भन्नुभयो: बरु, मुस्लिमले।उहाँले भन्नु भयो: जो मुस्लिमले रुख रोप्छ र त्यसबाट कुनै मानिस, पशु वा पंक्षीले खानेछ, र त्यो उसको लागि पुनरुत्थानको दिनसम्मको लागि दान हुनेछ। (मुस्लिम)


नववीले यस हदीस र यस अर्थका अन्य हदीसहरूको व्याख्या गर्दै लेख्नुभएको छ: "यी हदीसहरूबाट वृक्ष रोपण र बीउ छर्ने सद्गुण प्रमाणित हुने गर्दछ। र यो ज्ञात हुन्छ कि जसले यो गर्छ उसलाई त्यति बेला सम्म इनाम दिईने छ जबसम्म त्यो बोट र रूख बाकी रहन्छ। र त्यसबाट फल र अन्न आउने गर्दछ, जबसम्म कि निर्णयको दिन आउँदैन।" समाप्त


मेरा प्रिय साथीहरू! सामाजिक सञ्जालमा यस्ता धेरै समूहहरू हुन्छन जसमा आफन्त, साथीभाइ र चिनजानका मानिसहरू जोडिएका हुन्छन तर पनि केही व्यक्तिहरू यस्ता भिडियो पठाउन मा सचेत हुँदैनन्। जसमा कुनै नग्न महिला हुन्छिन्। जसलाई हेर्न निषेध छ भन्ने कुरामा विद्वानहरू सहमत छन्। यो भन्दा ठूलो खराबी यो हो कि अश्लील भिडियोहरू प्रसारित गरिन्छ। ,यो भिडियो हेर्ने र प्रसारण गर्नेहरुको पाप कति ठूलो होला? हामी अपमानबाट अल्लाहको शरण चाहन्छौं! कुनै मुस्लिमले यस्तो भिडियो हेर्न बाध्य भए पनि उसलाई प्रसारण गर्न अनुमति छैन।


आदरणीय जन समुदाय! यस्तो कर्मप्रति मुस्लिम होसियार र सचेत हुनुपर्छ, जसको पाप जारी रहन्छ। त्यसको सट्टा यस्तो कर्मको प्रबन्ध मिलाउनुपर्छ, जसको लाभ उसको मृत्युपछि पनि जारी रहन्छ, त्यसका निशानहरू रहिरहनेछन् । र यसको इनाम उसले पाई रहनेछ। र हदीसमा उल्लेख छ कि: "मृत्यु पछि विश्वासीकहाँ पुग्ने असल कामहरू मध्ये यो पनि हो: उसले सिकाएको र फैलाएको ज्ञान , उसले छोडेको असल बच्चाहरू, पवित्र कुरानको प्रतिलिपि जसलाई उसले अपुताली मा पाएको छ । उसले बनाएको मस्जिद, उसले स्थापना गरेको पाटी, उसले बगाएको गरेको नहर वा स्वास्थ्य अवस्थामा आफ्नो जीवनकालमा दिएको दान, यी सबैको पुरस्कार उसको मृत्यु पछि पनि उसलाई प्राप्त हुने छ।" (इब्न माजहले यसलाई वर्णन गरेका छन र अल्बानीले यसलाई हसन भनेका छन)।


यस हदीसबाट थाहा हुन्छ कि: अल्लाहका आस्थावान भक्तहरूमा अल्लाहको कत्तिको दया र कृपा छ कि कतिपय कर्महरूको इनाम र प्रतिफल तिनीहरूको मृत्यु पछि पनि जारी रहन्छ जबसम्म यी कर्महरूको प्रभाव रहन्छ।

﴿ إِنَّا نَحْنُ نُحْيِي الْمَوْتَى وَنَكْتُبُ مَا قَدَّمُوا وَآثَارَهُمْ وَكُلَّ شَيْءٍ أحْصَيْنَاهُ فِي إِمَامٍ مُبِينٍ ﴾ [يس: 12].

 

अनुवाद: निस्सन्देह, हामी मृतकहरूलाई जीवित गर्नेछौं, र हामी मानिसहरूले अगाडि पठाउने कर्महरू र तिनीहरूले पछि छोडेका कामहरू लेख्छौं, र हामीले प्रत्येक कुरालाई स्पष्ट पुस्तकमा लेखेका छौं।

 

आशीर्वाद र शान्ति उहाँमाथि रहोस्।

صلى الله عليه وسلم

लेखक:

प्रख्यात शेख हुसाम बिन अब्दुल अजीज अल-जिब्रीन

अनुवादक:

मुहम्मद सुलैमान बिन रमजान अली

 

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • ونكتب ما قدموا وآثارهم (خطبة)
  • ونكتب ما قدموا وآثارهم (خطبة) (باللغة الأردية)
  • ونكتب ما قدموا وآثارهم (خطبة) - باللغة الإندونيسية
  • ونكتب ما قدموا وآثارهم (خطبة) - باللغة البنغالية

مختارات من الشبكة

  • ماذا قدموا لخدمة الدين؟ وماذا قدمنا نحن؟ (خطبة)(مقالة - آفاق الشريعة)
  • كن الأثر الحسن في رمضان(مقالة - ملفات خاصة)
  • تخطيط الحياة في ضوء قول الله (ونكتب ما قدموا وآثارهم)(محاضرة - موقع الشيخ د. خالد بن عبدالرحمن الشايع)
  • {ونكتب ما قدموا وآثارهم}(مقالة - آفاق الشريعة)
  • خطر الطلاق وآثاره (خطبة)(مقالة - آفاق الشريعة)
  • أنهل القيم وأجزل النعم = البركة (1) أهميتها - مجالاتها – آثارها - مظانها - أسباب فقدانها (خطبة)(مقالة - آفاق الشريعة)
  • سوء الظن وآثاره على المجتمع المسلم (خطبة)(مقالة - آفاق الشريعة)
  • الأعمار تفنى والآثار تبقى (خطبة)(مقالة - آفاق الشريعة)
  • آثارك بعد موتك (خطبة)(مقالة - آفاق الشريعة)
  • العلم النافع: صفاته وعلاماته وآثاره (خطبة)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • بعد سنوات من العمل والتبرعات.. افتتاح المركز الإسلامي في إيست سيراكيوز
  • اختتام برنامج تدريبي لتطوير مهارات القيادة والإدارة والتواصل للأئمة في توزلا
  • بعد 8 سنوات من البناء... مسجد جديد يفتح أبوابه بمدينة سومور الفرنسية
  • لأول مرة في تاريخها... إندونيسيا تطلق أول معرض لتلاوة القرآن الكريم بلُغة الإشارة
  • مساجد بريطانيا تفتح أبوابها أمام الجميع في النسخة الـ11 من «زر مسجدي»
  • «الرعاية معا».. مؤتمر طبي إسلامي يجمع 200 متخصص وطالب في أستراليا
  • التوسع في البرامج القرآنية للأطفال والبالغين في الفولغا مع بداية العام الدراسي
  • انطلاق أولى محاضرات موسم الشباب المسلم بتتارستان

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1448هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 17/4/1448هـ - الساعة: 11:9
أضف محرك بحث الألوكة إلى متصفح الويب