• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    الأحاديث التي حكم عليها الحافظ أبو يعلى الخليلي ...
    د. مشعل بن محمد العنزي
  •  
    وصايا وتوجيهات للحجاج (خطبة)
    الشيخ محمد بن إبراهيم السبر
  •  
    اغتنام العشر وتذكير الزائر بتعظيم الشعائر (خطبة)
    الشيخ عبدالله بن محمد البصري
  •  
    الاتساق النفسي لدى المؤمن {فلنولينك قبلة ترضاها}
    أ. د. فؤاد محمد موسى
  •  
    حينما تؤلف النعم في ظل التوحيد (خطبة)
    د. أحمد بن حمد البوعلي
  •  
    تفسير قوله تعالى: {يا أيها الذين آمنوا إن تطيعوا ...
    الشيخ أ. د. سليمان بن إبراهيم اللاحم
  •  
    خلق توقير الكبير واحترامه
    د. حسام العيسوي سنيد
  •  
    تحريم الاختلاف في القرآن والخصومة فيه
    فواز بن علي بن عباس السليماني
  •  
    مذاهب الفقهاء في مسألة: مقدار مسح الرأس في الوضوء
    رمضان صالح العجرمي
  •  
    التجاوز عن الفقراء ومساعدتهم سبب من أسباب دخول ...
    د. خالد بن محمود بن عبدالعزيز الجهني
  •  
    كيف نستفيد من خطبة الجمعة (خطبة)
    د. محمد بن مجدوع الشهري
  •  
    الحج وتحقيق التوحيد (خطبة)
    د. محمود بن أحمد الدوسري
  •  
    {وليمحص الله الذين آمنوا ويمحق الكافرين}
    أ. د. فؤاد محمد موسى
  •  
    وسائل التواصل والذكاء الاصطناعي (خطبة)
    د. محمد بن مجدوع الشهري
  •  
    تفسير: {وما يستوي الأعمى والبصير}
    تفسير القرآن الكريم
  •  
    تخريج حديث: من حلف باللات والعزى فليقل: لا إله ...
    الشيخ محمد طه شعبان
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: احتساب الثواب والتقرب لله عز وجل (باللغة النيبالية)

خطبة: احتساب الثواب والتقرب لله عز وجل (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 19/10/2025 ميلادي - 26/4/1447 هجري

الزيارات: 1898

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

موضوع الخطبة: :احتساب الثواب والتقرب

विषय: पुण्यको आशा गरेर अल्लाहको निकटता प्राप्त गर्नु ।


प्रथम प्रवचन:

الحمد لله الذي أضاء نوره الآفاق، الأحد الغني الرزاق، وأشهد أن لا إله إلا الله الحكم العدل يوم التلاق، وأشهد أن محمدا عبده ورسوله متمم مكارم الأخلاق صلى الله وسلم وبارك عليه ما تعقب العشي الإشراق.

 

प्रशंसा र प्रार्थना पछि!

म तपाईंलाई आफूलाई सदासर्वदा रहने सत्कर्म गर्दै र वर्जित कार्यहरुबाट जोगिदै र क्षमायाचना गर्दै अल्लाहको भया राख्ने आदेश दिन्छु। किनकि यस संसारमा लामो समय व्यतित गरिसकेपछि हामी कर्म गरेर अल्लाहको निकटता प्राप्त गर्न सक्षम हुँदैनौं। अल्लाहले पवित्र कुरआनको अन्तिम श्लोकमा भन्नुभएको छ:

﴿ وَاتَّقُوا يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللَّهِ ثُمَّ تُوَفَّى كُلُّ نَفْسٍ مَا كَسَبَتْ وَهُمْ لَا يُظْلَمُونَ ﴾ [البقرة: 281].

 

अनुवाद: र,त्यस दिनको भय गर जुन दिन तिमीहरूलाई अल्लाहतर्फ फर्काएर लगिनेछ । अनि प्रत्येक मानिसलाई जुन उसले कमाएको हुनेछ त्यसको पूर्णरूपमा प्रतिफल प्रदान गरिनेछ र तिनीहरूप्रति कुनै अन्याय गरिने छैन।


आस्थावान दाजुभाइहरू! हृदयको एउटा उपासना जसलाई मन लगाएर धेरै पटक गर्नु हृदयको शुद्धता र मजबूत आस्थाको प्रमाण हो। आस्थाको एउटा यस्तो विशेषता जुन यदि हृदयमा जागृत भएमा आस्थावानलाई आज्ञाकारिताको काम गर्न सजिलो हुन्छ र उसलाई महान नैतिकताले सुसज्जित हुन प्रेरित गर्दछ।जस्तै कि धैर्य र सहनशीलता, उदारता, क्षमा र दया, सल्लाह र परोपकार, इमानदारी र वफादारी, आदि। यो यस्तो विशेषता हो जसले आत्माको लागि कष्टलाई सहज बनाउँछ र ईश्वरीय आनन्दको लागि मार्ग प्रशस्त गर्दछ। चाहे त्यो मार्ग कठिन नै किन नहोस्। यो कर्तब्य पालना गर्नु र वर्जित कार्यहरूबाट जोगिनु संग सम्बन्धित छ। यो परोपकार र कल्याणकारी कार्यहरूसँग पनि घनिष्ठ रूपमा सम्बन्धित छ। यो विशेषताले देखावटीलाई हटाउँछ र गुप्त कार्यहरूबाट आनन्द प्राप्तिको भावनालाई सिर्जना गर्दछ। यसको मतलव पुण्यको आशा गर्नु, अल्लाहको निकटता प्राप्त गर्नु र उहाँको खुशी खोज्नु हो।

 

मेरा प्रिय साथीहरू! म तपाईंको सामु केही हदीसहरू प्रस्तुत गर्दैछु जसले तपाईंलाई पुण्यको आशा गरेर अल्लाहको नजिक हुन प्रोत्साहित गर्दछ।


तसर्थ, सहिहैनमा वर्णन गरिएको छ: "कर्महरू नियतहरूमा आधारित हुन्छन् र प्रत्येक व्यक्तिले आफ्नो नियत अनुसार फल पाउनेछ।" सहीह अल-बुखारी मा मर्फु हदीस वर्णन गरिएको छ: "जो कोही इमान्दारिताका साथ कुनै मुस्लिमको अन्त्येष्टिमा पुण्य प्राप्त गर्ने उद्देश्यले जान्छ र नमाज र दफन समाप्त नभएसम्म उसको साथमा रहन्छ। उसले दुई किरात बराबर पुण्य प्राप्त गरेर फर्कन्छ। र प्रत्येक किरात उहुद पर्वतको बराबर हुन्छ । र जो व्यक्ति अन्त्येष्टिको नमाज पढ्छ र गाड्नु अघि नै फर्कन्छ उसले एक किरात पुण्य प्राप्त गरेर फर्कन्छ।


सहिह मुस्लिममा, यो मर्फू हदीस उल्लेख गरिएको छ: "जब मुस्लिमले आफ्नो परिवारको लागि खर्च गर्छ र त्यसबाट अल्लाहको खुशी चाहन्छ, त्यो उसको लागि दान हुनेछ।"

 

रमजानमा हामी प्रायः सुन्छौं: "जसले विश्वासका साथ र पुण्य प्राप्त गर्ने उद्देश्यले रमजानको उपवास राख्छ, उसको विगतका सम्पूर्ण पापहरू माफ गरिनेछ, र जसले विश्वासका साथ पुण्य प्राप्त गर्ने उद्देश्यले रमजानमा प्रार्थना गर्छ उसको विगतका सम्पूर्ण पापहरू माफ गरिनेछ।"

 

जब हजरत हारिस (रअ) सानै छँदा बद्रमा शहीद भए, उनकी आमा पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा उपस्थित भइन् र भनिन्: अल्लाहका संदेशवाहक! तपाईंलाई थाहा छ मैले हारिसलाई कति माया गर्थे। यदि ऊ स्वर्गमा छे भने म धैर्य गर्छु र पुण्यको आशा गर्छु। र यदि अरु कुनै अवस्था छ भने तपाईंले देख्नुहुनेछ म के गर्छु ? संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाहले तपाईंमाथि दया गरून्! के तपाईं पागल हुँदै हुनुहुन्छ? के त्यहाँ एउटा मात्र स्वर्ग छ र ? त्यहाँ त धेरै स्वर्गहरू छन् र तपाईंको छोरा स्वर्गको उच्च स्थान जन्नतुल फर्दौसमा छ। " (बुखारी)

 

उनको भनाइ: म धैर्य गर्छु र पुण्यको आशा गर्छु। यसको मतलब यो हो: म आफूलाई रुवाबासी गर्नबाट रोक्छु र अल्लाहको तर्फबाट इनामको आशा गर्दछु।


अल्लाहको भक्तहरू! हामीलाई अल्लाहको यो आदेश याद छ:

﴿ فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْراً يَرَهُ ﴾ [الزلزلة: 7].

अनुवाद: अनि, जसले कणभर पनि सत्कर्म गरेको हुन्छ उसले त्यसलाई देख्नेछ ।


तर यस आयतको हाम्रो जीवनमा कस्तो प्रभाव छ ? हाम्रो बोली, व्यवहार, चरित्र र वचनमा यसको के कस्तो प्रभाव हुन्छ? के हामीभित्र अल्लाहको यो भनाइको भावना र चेतना जीवित छ?


﴿ إِنَّ اللَّهَ لَا يَظْلِمُ مِثْقَالَ ذَرَّةٍ وَإِنْ تَكُ حَسَنَةً يُضَاعِفْهَا وَيُؤْتِ مِنْ لَدُنْهُ أَجْرًا عَظِيمًا ﴾ [النساء: 40].

अनुवाद: निस्सन्देह अल्लाह कण बराबर पनि अन्याय गर्ने छैनन् । बरु एक पुण्यलाई अल्लाहले कैयौं गुणा बढाइ दिनेछन् र आफ्नो तर्फबाट (अझ) ठूलो प्रतिदान पनि प्रदान गर्नेछन् ।


के हामी निषेधित कार्यहरूबाट यस भावनाका जोगिन्छौं?

﴿ وَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ ﴾ [الزلزلة: 8].

 

अनुवाद: अनि, जसले कणभर पनि कुकर्म गरेको हुन्छ उसले त्यसलाई देख्नेछ ।


यी आयतहरूको भावना र चेतनाले मुस्लिमलाई सकेसम्म राम्रो काम गर्न र खराब कार्यहरुबाट बच्न प्रोत्साहित गर्दछ। चाहे त्यो सानै किन न होस! र त्यसको नतिजा यो हुन्छ कि उसले कुनै पनि राम्रो कामलाई तुच्छ ठान्दैन।

 

हदीसमा भनिएको छ: "सद्गुणमा कुनै पनि कुरालाई तुच्छ नठान्नुहोस्, चाहे तपाइँ आफ्नो मुस्लिम दाजुभाइ सँग हँसिलो अनुहारका साथ भेट्नुहोस्।" (मुस्लिम)

 

इस्लामी दाजुभाइहरु! जब पुण्यको आशा राखेर अल्लाहको निकटता प्राप्त गर्ने गुण जन्मन्छ, तब मुस्लिमले सम्बन्ध जोड्छ, चाहे उससँग सम्बन्ध विच्छेद नै किन नगरियोस्।


जब पुण्यको आशा राखेर अल्लाहको निकटता प्राप्त गर्ने गुण जन्मन्छ तब बिक्रेताले इमानदारीपूर्वक समान बिक्री गर्दछ र सामानको खोट बताउँछ चाहे सामानको मूल्य नै किन नघटोस्!


जब पुण्यको आशा राखेर अल्लाहको निकटता प्राप्त गर्ने गुण जन्मन्छ तब मुसलमानले आफ्नो ओछ्यान छोडेर अल्लाहको घरमा तर्फ निस्कन्छ,चाहे कति नै जाडो किन नहोस्। ताकि उसले हैय अलस्सलाह (नमाज तर्फ आउनुहोस्) र है हैय अलल फलाह (सफलता तर्फ आउनुहोस्) को पुकारलाई जवाफ दिन सकोस्!


जब पुण्यको आशा राखेर अल्लाहको निकटता प्राप्त गर्ने गुण जन्मन्छ तब कर्मचारीलाई आवश्यक काम गर्न सजिलो हुन्छ। प्रबन्धकको नजरबाट टाढा भए पनि र उसको हाकिम र उच्च अधिकारीहरूले उहाँलाई धन्यवाद नदिँदा पनि!


जब पुण्यको आशा राखेर अल्लाहको निकटता प्राप्त गर्ने गुण जन्मन्छ तब छोराछोरीहरू आफ्ना आमाबाबुको आज्ञा पालन गर्न हतार गर्छन् र तिनीहरूको सेवाको आनन्द उठाउने जोश जन्मन्छ।


जब पुण्यको आशा राखेर अल्लाहको निकटता प्राप्त गर्ने गुण त्यो आत्म-त्याग र आत्म-बलिदानको कारण हो जसको कारण अल्लाहले अन्सारहरूको प्रशंसा गर्नुभएको छ। जब पुण्यको आशा राखेर अल्लाहको निकटता प्राप्त गर्ने गुण जन्मन्छ तब मुस्लिमले सकेसम्म आफ्ना आफन्त, छिमेकी, साथीभाइ र सहकर्मीहरूको सेवा गर्दछ र उनीहरूलाई हानि पुर्याउँदैन।


जब पुण्यको आशा राखेर अल्लाहको निकटता प्राप्त गर्ने गुण जन्मन्छ तब उनीहरूमा एउटा यस्तो भावना उत्पन्न हुन्छ कि उनीहरूको शरीर ओछ्यानबाट अलग हुन्छ र उनीहरुले डर र आशाका साथ अल्लाहलाई प्रार्थना गर्छन्।


जब पुण्यको आशा राखेर अल्लाहको निकटता प्राप्त गर्ने गुण जन्मन्छ तब उनीहरूमा अल्लाहको प्रसन्नताको लागि धन खर्च गर्ने चाहना उत्पन्न हुन्छ।


जब पुण्यको आशा राखेर अल्लाहको निकटता प्राप्त गर्ने गुण जन्मन्छ तब धर्म प्रचारकमा पुण्य बाहेकअरू कुनै कुराको आशा नगरी निरन्तर धर्म प्रचार गर्ने इच्छा उत्पन्न हुन्छ।


जब पुण्यको आशा राखेर अल्लाहको निकटता प्राप्त गर्ने गुण जन्मन्छ तब व्यापारी उचित नाफामा नै सन्तुष्ट हुन्छ र आफ्नो व्यापारमा भाइचारा र प्रेमलाई ध्यानमा राख्दछ "तिमीहरू मध्ये कोही पनि पूर्ण विश्वासी हुन सक्दैनौ जबसम्म तिमीहरुले आफ्नो भाइको लागि त्यही मन पराउँदैन जुन आफ्नो लागि मन पराउँछौ"।

 

तपाईंले पुण्यको नियतले यस्तो व्यक्तिको अन्त्येष्टिमा भाग लिनु पर्छ जो तपाईंको लागि अपरिचित हुन्छ वा तपाईंको परिवारबाट टाढा हुन्छ चाहे तपाईंले उसलाई चिन्नुहुन्छ वा चिन्नुहुदैंन।


मेर आदरणीय दाजुभाइहरु! आफ्नो मुस्कान र हँसिलो अनुहारको साथ (अरूलाई भेट्दा) पुण्यको अपेक्षा गर्नुहोस्। यदि तपाइँले केहि राम्रो बोल्नुहुन्छ वा लेख्नुहुन्छ भने, त्यसको लागि पनि पुण्यको अपेक्षा गर्नुहोस्। यदि तपाइँ दृढ भै (कानूनको पालना गर्दै) गाडी चलाउनु हुन्छ भने त्यसको लागि पनि पुण्यको अपेक्षा गर्नुहोस्। यदि तपाइँ आफ्नो परिवार र छोराछोरीहरु माथि खर्च गर्नुहुन्छ भने, त्यसको लागि पनि पुण्यको अपेक्षा गर्नुहोस्।अरुलाई खुसी बनाउनुमा पनि पुण्य मिल्छ।


यो याद राख्नुहोस्, यात्रा गर्दा फोहोर जम्मा गरेर एउटा ठाउँमा राख्नु (र सरसफाइको प्रमाण देखाउनु) राम्रो कार्य हो, यसको लागि पनि पुण्यको अपेक्षा राख्नुहोस्। कतिपय पुर्खाहरुको यो चलन थियो कि उनीहरु सा-साना पाइलाहरु चालेर मस्जिद जाने गर्दथे ताकि उनीहरुलाई धेरै पुण्य प्राप्त होस । किनकी हरेक पाइलामा स्वर्गको एउटा स्तरोन्नती हुन्छनर एउटा पाप मेटिन्छ! यो हदीस मा उल्लेख गरिएको छ। छोटकरीमा भन्नुपर्दा, असल नियत भनेको अल्लाहसँगको व्यापार हो।


अल्लाहले तपाईलाई र मलाई कुरान र सुन्नतको आशीर्वाद प्रदान गरुन। हामीलाई ती आयतहरु र ज्ञानका कुराहरुबाट लाभान्वित गरून्। र अल्लाहसँग माफी माग्नुहोस्, निस्सन्देह उहाँ धेरै क्षमाशील हुनुहुन्छ।

 

दोस्रो प्रवचन:

सम्पूर्ण प्रशंसाहरु अल्लाहकै लागि हुन।


प्रशंसा र प्रार्थना पछि:

आस्थावान दाजुभाइहरु!

पुण्यको आशाले असल कर्मामा प्रगति हुन्छ। उपासनामा जीवन्तता र रुचि लाग्दछ। पुण्यको आशाले (पुरस्कारको अपेक्षा) ले कष्ट घटाउँछ र हृदयमा सन्तुष्टि, इमान्दारिता र ध्यानमा उत्सुकता उत्पन्न गर्छ। पुण्यको आशाले बानीलाई उपासना परिणत गर्छ, संदेशवाहक (स) का साथिहरू पुण्यको आशा राख्दथे। जसरी मुआज बिन जबलले भनेका छन्: "म रातीको पहिलो पख सुत्छु, त्यसपछि म उठ्छु। त्यसपछि, यदि अल्लाहले अनुमोदन गर्नुहुन्छ भने, म प्रार्थना गर्छु। म त्यसरी नै पुण्यको आशा गरेर सुत्छु जसरी पुण्य को आशा गरेर उठ्छु।" (बुखारी)

 

सुफयान बिन जुबैदले भनेका छन: "म हरेक कार्यमा पुण्यको नियत राखेकोमा खुसी छु। यहाँ सम्म की खाँदा र सुत्दामा पनि। यदि व्यापारिक बुद्धिले एउटै ढुङ्गाले धेरै भङ्गेराहरु मार्न चाहन्छ भने। विश्वासीको बुद्धिले उसलाई एउटै कार्यमा धेरै नियतहरू राख्न अपील गर्छ।


अल-गजालीले इह्याइ उलुमिद दीनमा लेखेका छन: "अनुग्रह र परोपकारमा वृद्धि धेरै भन्दा धेरै राम्रो नियतहरु गरेर प्राप्त हुन्छ। किनकि एउटै आज्ञाकारितामा सत्कर्म र भलाईका धेरै नियतहरु समावेश हुन सक्छ र प्रत्येक नियतको प्रतिफल दिइन्छ।"


(उहाँको कुरा समाप्त भयो।)


शेख इब्न बाज भन्छन्: "जब व्यक्तिले वजु गर्छ तब उसले दुई रकत नमाज वजुुको सुन्नतको नियतले पढ्छ । यदि उसले वजु गरेर मस्जिदमा प्रवेश गर्छ र दुई रकत नमाज वजूको सुन्नतको र तहियतुल मस्जिद दुवैको नियतले पढ्छ भने उसलाई दुवैको पुण्य दिइनेछ। अल्हम्दुलिल्लाह। अल्लाहको कृपा र परोपकार धेरै फराकिलो छ।यदि उसले त्यही नमाजलाई जोहरको सन्नतको नियतले पढ्छ। तसर्थ उसले वजु गरेर मस्जिदमा प्रवेश गरी र दुई रकत नमाज पढ्छ र नियत गर्छ कि उसले यो जोहर को सन्नतको वजूको सुन्नतको र तहियतुल मस्जिदको नमाज हो भने उसले प्रत्येकको इनाम पाउनेछ। सम्पूर्ण प्रशंसा हरु अल्लाह कै लागि हुन्। समाप्त


मेरा आस्थावान दाजुभाइहरू!


आउनुहोस हामि केहि यस्ता उदाहरणहरु मा चिन्तन मनन गरौं जसमा एउटा भन्दा बढी नियत गर्न सम्भव छ। विवाहमा पैगम्बर ( सल्लल्लाहु अलैहि वसल्लम) को आज्ञा पालनामा यो नियत गर्न सकिन्छ: "हे युवाहरूको समुदाय! यदि तपाईंहरु घर गृहस्थी सम्हाल्न सक्षम हुनुहुन्छ भने बिहे गर्नुहोस।" साथ साथै आफूलाई शुद्ध राख्ने नियत र मुस्लिम महिलालाई पवित्र राख्ने नियत, असल सन्तान प्राप्तिको नियत, मुस्लिमको सङ्ख्या बढाउने नियत र केटीलाई र केटीको परिवारलाई सुख दिने नियत गर्न सकिन्छ।


पवित्र कुरानको पठन गर्दा, यो नियत राख्न सकिन्छ: एक अक्षरमा (दश पुण्यहरु) प्राप्त हुने नियत साथ साथै आस्थामा वृद्धिको नियत, हृदयलाई जीवित गर्ने नियत, त्यसमा कार्य गर्ने नियत, त्यसबाट उपचार प्राप्त गर्ने नियत, यसलाई नत्याग्ने नियत, र यो नियत कि उसले कुरान अनुसरण गर्नेवाला हरुको लागि मध्यस्थता गर्नेछ।

 

आफ्नो बहिनी र भाइलाई मद्दत गरेर यो नियत गर्न सकिन्छ: आमाबाबुको आज्ञा पालन गर्ने नियत, सम्बन्ध मधुर बनाउने नियत, र राम्रो आचरणको नियत।


परिपक्कता का साथ कार्य गर्नुलाई: परिपक्कता का साथ कार्य गर्दा यस हदीसको अनुसरण गर्ने नियत: "अल्लाहलाई यो मन पर्छ कि जब तपाईं मध्ये कसैले कुनै कार्य गर्दछ, उसले परिपक्कताका साथ गर्छ"। त्यसैगरी ज्याला र तलबलाई वैधानिक बनाउने नियत, अल्लाहको बारेमा यो भावना र चेतना राख्ने नियत कि उहाँले मलाई हेरिरहनु भएको छ र मेरो कर्मको बर्मा उहाँलाई थाहा छ।


एउटा दतिउन उपहरस्वरूप दिँदा, यो नियत राख्न सकिन्छ कि: उपहारको पुण्य प्राप्त हुनेछ, सुन्नत फैलाउने पुण्य प्राप्त हुनेछ, र वजू , नमाज र सबै समयमा दतिउन गर्ने पुण्य प्राप्त हुनेछ।


आफ्ना आफन्तहरूसँग रमाइलो गर्दा, तपाईंले यो नियत राख्न सक्नुहुन्छ: उनीहरूलाई खुशी बनाउनु पुण्यको काम हो, र यो नातेदारी बनाउनु, सम्बन्ध गाँस्नु र राम्रो व्यवहार गर्नु हो।


मस्जिद जाँदा यो नियत राख्नुहोस कि हरेक पाइलामा स्वर्गको एउटा स्तरोन्नती हुन्छ र एउटा पाप माफ हुन्छ। अल्लाहले स्वर्गमा तपाईंको लागि भोज तयार गराउनुहुन्छ। र जबसम्म तपाईं अनिवार्य नमाजको पर्खाइमा हुनुहुन्छ त्यति बेला सम्म तपाईलाई नमाजकोे पुण्य प्राप्त भइरहन्छ। र यो पनि याद राख्नुहोस् कि ईशदूतहरूले नमाज पछि त्यति बेला सम्म तपाईंको लागि क्षमा याचना गरिरहनुहुन्छ जबसम्म तपाईं नमाजको स्थानमा बसिरहनु भएको हुन्छ।


सहिह हदीसहरूमा उल्लेख गरिए अनुसार त्यस माथि थप यो गरिन्छ कि अल्लाहले तपाईंलाई कुरानको पाठ गर्ने र शिक्षा आर्जन गर्ने अवसर दिनुहुन्छ। यसलाई ध्यानमा राखेर, एक पछि अर्को नमाजको लागि पर्खने व्यक्ति धेरै सद्गुण र भलाइबाट पुरस्कृत हुन्छ। जसको माध्यमबाट अल्लाहले पापहरूलाई मे टाउनुहुन्छ र पदहरू बढाउनुहुन्छ। जमहुर विद्वानहरुको मत यो छ कि एक घन्टाको लागि पनि इतीकाफ गर्नु ठीक छ। म यस प्रवचनको समापन इब्न मुबारकको यो प्रसिद्ध भनाईको साथ गर्न चाहन्छु, जुन विद्वानहरूले एकअर्काबाट वर्णन गरेका छन्: " धेरै साना कार्यहरूलाई नियतले ठूलो बनाउँछ र धेरै ठूला कार्यहरूलाई नियतमेल सानो बनाउँछ"।

 

उहाँमाथि आशीर्वाद र शान्तिको प्रार्थना गरि राख्नुहोस्।


صلى الله عليه وسلم

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • خطبة: احتساب الثواب والتقرب لله عز وجل (باللغة الإندونيسية)
  • خطبة: احتساب الثواب والتقرب لله عز وجل (باللغة البنغالية)
  • الله البصير (خطبة) - باللغة النيبالية
  • الله الخالق الخلاق (خطبة) – باللغة النيبالية
  • خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة النيبالية)

مختارات من الشبكة

  • خطبة: الشهوات والملذات بين الثواب والحسرة(مقالة - آفاق الشريعة)
  • خطبة: موسى عليه السلام وحياته لله عز وجل(مقالة - آفاق الشريعة)
  • خطبة: الذين يصلي عليهم الله عز وجل(مقالة - آفاق الشريعة)
  • أحسن الأداء ودع النتائج لله (خطبة)(مقالة - آفاق الشريعة)
  • إطلالة على مشارف السبع المثاني (2) {الحمد لله رب العالمين} (خطبة)(مقالة - آفاق الشريعة)
  • من ترك شيئا لله عوضه خيرا منه (خطبة)(مقالة - موقع د. محمود بن أحمد الدوسري)
  • روضة المسبحين لله رب العالمين (خطبة)(مقالة - آفاق الشريعة)
  • السهر وإضعاف العبودية لله (خطبة)(مقالة - آفاق الشريعة)
  • الصاحب الملازم الذي لا يفارقك أبدا، وفضله في العشر (خطبة)(مقالة - ملفات خاصة)
  • وصايا وتوجيهات للحجاج (خطبة)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • دورة متقدمة في الذكاء الاصطناعي والمواطنة الرقمية للطلاب المسلمين في البوسنة
  • بدء تشييد مسجد جديد بمدينة ياكورودا جنوب غرب بلغاريا
  • ندوة متكاملة في القرم لإعداد حجاج 2026
  • دورة لتأهيل الأئمة والمعلمين للتعامل النفسي والتربوي مع الشباب المسلم في روسيا
  • مشاركة 150 طالبا في منتدى حول القيم الإسلامية والوقاية الفكرية بداغستان
  • ماساتشوستس تحتضن يوم المسجد المفتوح بمشاركة عشرات الزائرين
  • اختتام الدورة الثالثة عشرة لمسابقة التربية الإسلامية في فيليكو تشاينو
  • مسجد "توجاي" يرى النور بعد اكتمال أعمال بنائه في يوتازين

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 1/12/1447هـ - الساعة: 15:28
أضف محرك بحث الألوكة إلى متصفح الويب