• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    أمانة الكلمة وحماية الوطن (خطبة)
    الشيخ أحمد إبراهيم الجوني
  •  
    فضل العشر الأواخر من رمضان (خطبة)
    أحمد بن عبدالله الحزيمي
  •  
    خطبة: أتاكم شهر رمضان
    يحيى سليمان العقيلي
  •  
    خطبة: وجوب شكر الله على نعمة الطمأنينة
    أ. د. عبدالله بن محمد الطيار
  •  
    شهر الجود وبعض أحكامه (خطبة)
    د. محمد بن مجدوع الشهري
  •  
    خطبة: العبادات القلبية في العشر الأواخر من رمضان
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    رمضان مدرسة التغيير (خطبة)
    أحمد عبدالله صالح
  •  
    تفسير قوله تعالى: ﴿ان الذين قالوا ربنا الله ثم ...
    د. عبدالفتاح بن صالح الرصابي القعطبي
  •  
    تفسير قوله تعالى: {قال فبما أغويتني لأقعدن لهم ...
    د. عبدالفتاح بن صالح الرصابي القعطبي
  •  
    صلة الأرحام
    السيد مراد سلامة
  •  
    الشفاعة الكبرى ومقام النبي صلى الله عليه وسلم يوم ...
    محمد بن سند الزهراني
  •  
    أفراح الصائمين (خطبة)
    د. عبد الرقيب الراشدي
  •  
    أم المؤمنين عائشة الفقيهة العالمة (خطبة)
    د. محمود بن أحمد الدوسري
  •  
    فضل قيام رمضان
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    خطبة: غزوة بدر الكبرى في رمضان
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    فلنغتنم شهر رمضان
    نورة سليمان عبدالله
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

بين النفس والعقل (1) (خطبة) باللغة النيبالية

بين النفس والعقل (1) (خطبة) باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 17/7/2024 ميلادي - 10/1/1446 هجري

الزيارات: 2927

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

शीर्षक:

आत्म (नफ्स) र विवेक बीचको विषय (१)

 

पहिलो प्रवचन:

الحمد لله العزيز الغفار، الرحيم الجبار، القدير القهار، وأشهد أن لا إله إلا الله وحده لا شريك له، غنى إلا بالافتقار لرحمته، ولا عز إلا بالتذلل لعظمته، وأشهد أن محمدا عبده ورسوله، وأمينه على وحيه وسفيره بينه وبين عباده صلى الله عليه وعلى آله وصحبه وسلم تسليمًا كثيرا.

 

प्रशंसा र पूजा पछि!

म तपाइँहरु र स्वयं आँफैलाई अल्लाहप्रति ईशभय राखी भक्ति अवलम्बन गर्न सल्लाह दिन्छु, हाम्रो जीवन बीउ छर्ने र बाली रोप्ने समय हो, र जुन दिन हामी अल्लाहलाई भेट्नेछौं, त्यस दिन हामी यसको फल र नतिजा प्राप्त गर्नेछौं । अल्लाह सर्वशक्तिमान भन्नुहुन्छ:

﴿ يَوْمَ تَجِدُ كُلُّ نَفْسٍ مَا عَمِلَتْ مِنْ خَيْرٍ مُحْضَرًا وَمَا عَمِلَتْ مِنْ سُوءٍ تَوَدُّ لَوْ أَنَّ بَيْنَهَا وَبَيْنَهُ أَمَدًا بَعِيدًا وَيُحَذِّرُكُمُ اللَّهُ نَفْسَهُ وَاللَّهُ رَءُوفٌ بِالْعِبَادِ ﴾[آل عمران: 30]

अनुवाद: त्यस (महाप्रलयको) दिन प्रत्येक मानिसले आफूले आर्जन गरेको पुण्य एवं आफूले गरेको सबै पापहरूलाई आफ्नो सामुन्ने उपस्थित भएको पाउनेछ । उसले आफू र आफ्नो कुकर्मबीच लामो दूरी भइदिएको भए हुन्थ्यो भन्ने कामना गर्नेछ । र, अल्लाह तिमीहरूलाई आफूबाट डराउँछन् र अल्लाह भक्तहरूप्रति अति स्नेही छन् ।

 

परमदयालु अल्लाहका भक्तहरु!

(यदि दयालु मानिसहरू मध्ये एक महान व्यक्ति आएर तीन पटक कसम खाएर बोल्न चाहन्छ भने मानिसहरू उसको कुरा सुन्न आफ्नो निगाह उठाउछन ताकी उसको कुरा सुन्न सकुन, र उनीहरूको आफ्नो व्यक्तिगत कुरा भन्दा विशेष उसको बोलीमा बढी ध्यान दिनेछन् । अल्लाहका भक्तहरु! म तपाईलाई एउटा प्रश्न प्रस्तुत गर्दछु: पवित्र कुरानमा ईश्वरको सबैभन्दा लामो शपथ के हो? र यो के संग सम्बन्धित छ? लगातार एघार शपथहरू उल्लेख गरिएको छ, जसको पछि यो जवाफ दिइन्छ:

﴿ قَدْ أَفْلَحَ مَنْ زَكَّاهَا وَقَدْ خَابَ مَنْ دَسَّاهَا ﴾ [الشمس: 9، 10]

अनुवाद: जसले त्यसलाई शुद्ध पार्यो त्यो निश्चय नै सफल भयो । र, जसले त्यसलाई कलुषित पार्यो त्यो नै विफल भयो ।


अल्लाहले जुन चिजहरुको कसम खानु भएको छ त्यसमा आत्म (नफ्स) पनि सम्मिलित छ ।


आदरणीय महानुभावहरु! अल्लाहले मानिस भित्र बुद्धि (विवेक), र आत्म सृष्टि गर्नुभयो, अल्लाहले बुद्धिलाई मार्गदर्शन गर्न (सीधा मार्गमा), चिन्तन गर्न र आफ्नो मालिकलाई बाटो देखाउनको लागि सृष्टि गर्नुभयो, तर आत्मा (नफ्स) को सृष्टि यसकारण गर्नुभयो ताकी इच्छा र चाहनाको राखोस, त्यसैले आत्माले नै प्रेम गर्दछ र घृणा गर्दछ , खुसी र दुखी हुन्छ, प्रसन्न हुन्छ र रिसाउँछ, जबकि बुद्धि (विवेक) को काम यो हो कि विवेकशील मानिसका अगाडि स्वभाव, इच्छा र लक्ष्यको सही र गलत निर्धारण गर्नु हो । यसले राम्रो र खराबको भिन्नता छुट्याउछ, र नाफा नोक्सान बारे जानकारी दिन्छ ।


अल्लाहका भक्तहरू! मानिसहरूको आत्माहरू तिनीहरूको इच्छा र कामनाको प्रकृति र मात्राका आधारमा भिन्न हुन्छन्, तर सबै आत्माहरू वासना र इच्छामा समान हुन्छन्, उदाहरणका लागि, धनको मोह । यही कारणले आत्माको इच्छालाई नियन्त्रण गर्नका लागि बुद्धिको सृष्टि गरिएको र शरियतका कानूनहरू अवतरित भएका थिए, त्यसैले सर्वशक्तिमान अल्लाहको आदेश र नियमहरूमा एक सामान्य प्रणाली र नियमहरू छन् जसमा सम्पूर्ण समाजको समान स्थिति छ ।


बुद्धिले पनि ‘वहि’ अर्थात अवतरित ज्ञानबाट मार्गनिर्देशन र प्रकाश प्राप्त गर्छ, जसरी आँखा स्वस्थ भए पनि अन्धकारमा चीजहरू देख्न सक्दैन, तर जब त्यो स्थान उज्यालो हुन्छ, सबै कुराहरू देख्न थाल्छन्, त्यसैले अवतरित ज्ञानविना बुद्धि उपासनाको सन्दर्भमा भटकन्छ । शाश्वत अल्लाह भन्नुहुन्छ,:

﴿ أَوَمَنْ كَانَ مَيْتًا فَأَحْيَيْنَاهُ وَجَعَلْنَا لَهُ نُورًا يَمْشِي بِهِ فِي النَّاسِ كَمَنْ مَثَلُهُ فِي الظُّلُمَاتِ لَيْسَ بِخَارِجٍ مِنْهَا كَذَلِكَ زُيِّنَ لِلْكَافِرِينَ مَا كَانُوا يَعْمَلُونَ ﴾ الأنعام 122

अनुवाद: त्यो व्यक्ति जो पहिले मूर्दा थियो र हामीले उसलाई जीवित तुल्यायौं अनि त्यसकोलागि उज्यालो पार्यौं जसले गर्दा ऊ मानिसहरू बीच आवत जावत गर्छ, के त्यस्तो व्यक्ति त्यस अन्धकारबाट निस्कनै नसक्ने व्यक्ति जस्तो हुन सक्छ ? यसरी नै काफिरहरूकालागि तिनले गर्ने गरेका कार्यहरूलाई शोभनीय बनाइएका छन् ।


﴿ وَكَذَلِكَ أَوْحَيْنَا إِلَيْكَ رُوحًا مِنْ أَمْرِنَا مَا كُنْتَ تَدْرِي مَا الْكِتَابُ وَلَا الْإِيمَانُ وَلَكِنْ جَعَلْنَاهُ نُورًا نَهْدِي بِهِ مَنْ نَشَاءُ مِنْ عِبَادِنَا وَإِنَّكَ لَتَهْدِي إِلَى صِرَاطٍ مُسْتَقِيمٍ ﴾ [الشورى: 52]

अनुवाद: र, यसरी नै हामीले तिमीतर्फ आफ्नो आदेशबाट ‘रूह’ (कुरआन) लाई अवतीर्ण गर्यौं । तिमीलाई ग्रन्थ के हो र ईमान केलाई भनिन्छ भन्ने कुरा थाहा थिएन । तर हामीले त्यसलाई एउटा ज्योति बनायौं । त्यसद्वारा हामी आफ्ना भक्तहरूमध्ये जसलाई चाहन्छौ मार्गदर्शन गर्छौं । निश्चय नै तिमी सीधा मार्गतिर पथप्रदर्शन गरिरहेकाछौ ।


परम दयालुका सेवकहरू! अल्लाहले विवेकको निन्दा गरेका छैनन्, तर नफ्सको निन्दा भने उल्लेखित छ। जब बुद्धिको उल्लेख गरिन्छ, त्यसलाई चिन्तनको लागि प्रयोग नगरिएको विषयमा निन्दा गरिन्छ । अल्लाह भन्नुहुन्छ:

﴿ لَهُمْ قُلُوبٌ لَا يَفْقَهُونَ بِهَا ﴾[الأعراف: 179]

अनुवाद: तिनीहरूको हृदय छ तर तिनीहरू त्यसबाट बुझ्दैनन्


﴿ أَفَلَا تَعْقِلُونَ ﴾ [البقرة: 44]


अनुवाद: के तिमीहरू बुझ्दैनौ! ?


﴿ انْظُرْ كَيْفَ نُصَرِّفُ الْآيَاتِ لَعَلَّهُمْ يَفْقَهُونَ ﴾[الأنعام: 65]

अनुवाद: हेर, हामी कसरी आयतहरू विभिन्न ढङ्गले प्रस्तुत गर्दैछौं ताकि तिनीहरूले बुझ्न सकून् ।


फेरी पनि उल्लेखित छ

﴿ أَفَلَا تَتَفَكَّرُونَ ﴾ [الأنعام: 50]

अनुवाद: के तिमीहरू विचार गर्दैनौ ?


तर जब नफ्सकोको उल्लेख गरिन्छ, यसलाई निन्दा गरिन्छ, किनकि यसले बुद्धिलाई गलत काम र दुष्ट काम गर्न आदेश दिन्छ, सर्वश्रेष्ठ अल्लाहको भनाई यस प्रकार छ:

﴿ إِنَّ النَّفْسَ لَأَمَّارَةٌ بِالسُّوءِ إِلَّا مَا رَحِمَ رَبِّي ﴾ [يوسف: 53]

निश्चय नै मनले कुकर्मकोलागि प्रेरित गर्छ, सिवाय त्यस व्यक्तिलाई जसमाथि मेरो पालनकर्ताको दया हुन्छ ।


त्यसैले यस आयतमा , नफ्सको साथ एक अपवाद उल्लेख गरिएको छ, किनभने नफ्सको सार भनेको यहि नै हो कि यसले नराम्रो कार्यतर्फ आदेश दिन्छ । त्यसैकारण नफ्सदेखी बारम्बार शतर्कता अपनाउन जिकिर गरिएको छ जबकी एक पटकपनि बुद्धिको विरुद्धमा चेतावनी दिइएको छैन ।


पैगम्बर सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो बुद्धिका नकारात्मकता देखी बचाउ खोज्नुभएन! तर त्यहाँ आत्मको खराबीबाट बचाउ खोज्ने उल्लेख थियो । त्यसैले, हजको खुत्बा/ प्रवचनमा उहाँले भन्नुभयो:

ونعوذ بالله من شرور أنفسنا

अनुवाद: हामी नफ्सको खराबीबाट बच्न अल्लाहसँग शरण माग्दछौँ ।


उहाँले भन्नुहुन्छ:

أعوذ بك من شر نفسي وشر الشيطان

अनुवाद: म आफ्नो नफ्स र शैतानको दुष्कर्मबाट तपाइँको शरण चाहन्छु । [ यो हदीस अहमद, अबू दाउद, तिरमिजि र नसाई द्वारा वर्णन गरिएको छ ]


नफ्सको मामिला यस्तो हुन्छ कि कहिलेकाहीं यसलाई राम्रो कुराको प्रस्ताव गर्दा त्यसलाई अस्वीकार गर्दछ, र कहिलेकाहीँ खराबलाई सुन्दर बनाएर पेश गर्दछ । त्यसकारण नफ्सको दुष्कर्मबाट बच्न अल्लाह्संग शरण माग्नु शरियतमा जरूरी गरिएको छ सर्वशक्तिमान अल्लाहले भन्नुभएको छ:

﴿ فَطَوَّعَتْ لَهُ نَفْسُهُ قَتْلَ أَخِيهِ فَقَتَلَهُ فَأَصْبَحَ مِنَ الْخَاسِرِينَ ﴾ [المائدة: 30]

अनुवाद: अन्ततः उसको मनले उसलाई आफ्नो भाइको हत्या गर्न उक्सायो, र उसले उनको हत्या गरिदियो । अतः ऊ नोक्सान बेहोर्नेहरूमा सामेल भयो ।


जादुगर सामरीले भनेको थियो:

﴿ وَكَذَلِكَ سَوَّلَتْ لِي نَفْسِي ﴾ [طه: 96]

अनुवाद: मेरो मन मस्तिष्कले मलाई यही नै सुझायो ।


यो पनि उल्लेखित छ:

﴿ قَالَ بَلْ سَوَّلَتْ لَكُمْ أَنْفُسُكُمْ أَمْرًا ﴾ [يوسف: 83]

अनुवाद: यअ्कूबले भने– (यस्तो होइन) बरू तिमीहरू आफ्नैतर्फबाट कुरा बनाउँदैछौ ।


सर्वोच्च अल्लाहले यहूदीहरूको बारेमा भन्नुभयो:

﴿ أَفَتَطْمَعُونَ أَنْ يُؤْمِنُوا لَكُمْ وَقَدْ كَانَ فَرِيقٌ مِنْهُمْ يَسْمَعُونَ كَلَامَ اللَّهِ ثُمَّ يُحَرِّفُونَهُ مِنْ بَعْدِ مَا عَقَلُوهُ وَهُمْ يَعْلَمُونَ ﴾ [البقرة: 75]

अनुवाद: (हे मुस्लिमहरू हो!) के तिनीहरु (इसराईलका सन्तानहरू) ले तिमीहरूको कुरा मान्ने छन् भनी अझै पनि आशा गर्दैछौ जबकि तिनीहरूमाझ एउटा यस्तो समूह छ जसले अल्लाहको वाणी सुनेर बुझिसकेपछि पनि जानी–जानी त्यसमा फेरबदल गरिदिन्छ ?


समस्याको वास्तविक कारण तिनीहरूको नफ्स हो जुन द्वेष, ईर्ष्या र अहंकारले भरिएको थियो, तपाईं यो आयतमा चिन्तन गर्नुहोस:

﴿ يُحَرِّفُونَهُ مِنْ بَعْدِ مَا عَقَلُوهُ وَهُمْ يَعْلَمُونَ ﴾ [البقرة: 75]

अनुवाद: अल्लाहको वाणी सुनेर बुझिसकेपछि पनि जानी–जानी त्यसमा फेरबदल गरिदिन्छ


 

अर्को आयतमा उल्लेख गरिएको छ कि ईर्ष्यानै तिनीहरूको अविश्वासको कारण बन्न पुग्यो


﴿ بِئْسَمَا اشْتَرَوْا بِهِ أَنْفُسَهُمْ أَنْ يَكْفُرُوا بِمَا أَنْزَلَ اللَّهُ بَغْيًا أَنْ يُنَزِّلَ اللَّهُ مِنْ فَضْلِهِ عَلَى مَنْ يَشَاءُ مِنْ عِبَادِهِ ﴾ [البقرة: 90]

अनुवाद: अति तुच्छ छ त्यो मूल्य जसको साटोमा तिनीहरूले स्वयमलाई बेचे । अल्लाहले अवतरण गरेको ग्रन्थलाई तिनीहरूले केवल यस जिद्दीपन (र डाहा) को कारणले अस्वीकार गरिदिए कि अल्लाहले आफ्ना उपासकहरूमध्ये जसलाई चाहे उसैमाथि आफ्नो कृपाले अवतरण गरे ।


त्यसै गरी, बहुदेववादीहरूको आत्माहरू तिनीहरूको इच्छा र अभिलाषामै सिमित रहिरहन्छ, त्यसैले तिनीहरूले पैगम्बरलाई अस्वीकार गर्छन् र ढुङ्गाले कुँदिएका मूर्तिहरूको पूजा गर्छन् । अल्लाह तआलाले यो खबर दिंदै भन्नुभएको छ कि फिरौन र उसका समुदायले ईश्वरीय संदेशहरुको जुन अस्वीकार गरे, यसको वास्तविकता के थियो:

﴿ وَجَحَدُوا بِهَا وَاسْتَيْقَنَتْهَا أَنْفُسُهُمْ ظُلْمًا وَعُلُوًّا ﴾ [النمل: 14]

अनुवाद: र, तिनीहरूले अत्याचार तथा अहङ्कारले गर्दा ती चमत्कारहरूलाई इन्कार गरे


अल्लाह तपाई र मलाई कुरान र सुन्नतबाट लाभान्वित हुने अवसर दिऊन् र यसका ज्ञानबाट फाइदा उठाउने मौका प्रदान गरुन, अल्लाहसँग क्षमा माग्दै गर्नुस, निश्चय नै उहाँ क्षमाशील हुनुहुन्छ ।

 

दोस्रो प्रवचन:

الحمد لله، دلت على ربوبيته جميع مخلوقاته، وعجائب مصنوعاته، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن محمدًا عبده ورسوله، صلى الله عليه وعلى آله وأصحابه وسلم تسليمًا كثيرًا.


हम्द व सलात पश्चात् [प्रशंसा र प्रार्थना पछि:

यो अल्लाह सर्वशक्तिमान द्वारा जारी गरिएको कानू हो कि आत्माहरू एकअर्काबाट भिन्न हुने गर्दछन, यसले सन्तुलन कायम राख्दछ र एकअर्काको आवश्यकताहरू पूरा गर्दछ, यदि मानिसहरूको रूची फरक नभएको भए, सबै सामान र उपकरणहरू टक्क रोकिने थिए र मन्दी छाउने थियो ।

 

परम दयालु रहमानका सेवकहरू! यो अल्लाहको सेवकहरूप्रतिको दया हो कि शरियतका कठिनाइहरू र नियमहरू मानव आत्माको रुची र स्वभावसँग मिल्दोजुल्दो छन्, त्यसैले कन्याको स्वभावमा लज्जा र नम्रता हुन्छ, त्यसैले यो भनिएको छ (उसको मौनता उसको अनुमति स्वरूप हो ) किनभने अस्वीकार गर्ने हिम्मत उसमा प्रशस्त हुन्छ तर पनि स्पष्ट स्वीकार गर्न उ हिचकिचाउने गर्छे, यही कारणले गर्दा विवाहको समयमा अभिभावकको उपस्थितिलाई सर्त बनाइएको छ । विवाहको समयमा केटीको तर्फबाट पतिको हकको रक्षाका लागि एकजना व्यक्ति उपस्थिती जरूरी हुन्छ ताकी आफूले नचाहेको कारणले विवाह गर्न अस्वीकार गर्दा, इन्कार गरेमा संरक्षकत्वको कुनै शर्त हुँदैन महरम [रगतको नातेदार] को उपस्थिति हुँदा उनको मनोवैज्ञानिक कमजोरीको नवाचार भङ्ग हुन्छ । साथै महिलालाई बुद्धिको हिसाबले कमजोर नभई उसको आत्मको प्रभावकारिताले गर्दा तीव्रता, असहमति र द्वन्द्वको स्थानमा राख्नु उचित मानिदैन । यदि शरियत का दण्डको कार्यान्वयन महिलालाई सुम्पियो भने, त्यो निलम्बित रहिरहन्छ किनभने यस किसिमको कार्य महिलाको मनस्थितिसँग मेल खाँदैनौं । पवित्रता र प्रशंसा अल्लाहकै लागि हो


﴿ أَلَا يَعْلَمُ مَنْ خَلَقَ وَهُوَ اللَّطِيفُ الْخَبِيرُ ﴾ [الملك: 14]

अनुवाद: के जसले सृष्टि गरेका छन् उनैले जान्ने छैनन् त ? उनी त सुक्ष्मदर्शी एवं सुसूचित छन् ।


परम दयालुका सेवकहरू! बुद्धिसँग आत्म [नफ्स] को टक्कर र आत्मको द्वन्द्व नफ्सको लालसा र इच्छाको समयमा देखापर्छ, त्यसैले जब बुद्धिले आत्मलाई नियन्त्रण गर्छ, आत्मले आफ्नो ज्ञान, अनुभव र विश्वास अनुसार बुद्धिसँग व्यवहार राख्दछ र आफ्नो जालमा फसाउँने कोशिस गर्दछ ताकि त्यसको उद्देश्य पूरा होस् । जब आस्था बलियो हुन्छ, यसले एकथरीका युक्तिहरू अपनाउछ र जब आस्था कमजोर हुन्छ, यसले अन्य किसिमका युक्तिहरू अपनाउछ, र जब स्पष्ट गल्तीहरु बाट उसले आफ्नो इच्छा पूरा गर्न असफल हुन्छ भने, उसले केही सही कुराहरूसँग त्रुटि मिसाएर (आफ्नो इच्छा) पूरा गर्दछ । अर्को प्रवचनमा आत्मको बारेमा थप छलफल हुनेछ । इन्शा-अल्लाह


नबि मुहम्मद ﷺ माथी दरूद पढ्दै गर्नुहोस ।

 

लेखक:

प्रख्यात शेख हुसम बिन अब्दुल अजिज अल- जिब्रेन


अनुवादक:

मोहम्मद युसुफ

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • بين النفس والعقل (1)
  • بين النفس والعقل (1) (باللغة الأردية)
  • بين النفس والعقل (1) (باللغة الهندية)
  • خطبة: بين النفس والعقل (1) - باللغة البنغالية
  • خطبة: بين النفس والعقل (2) - باللغة البنغالية

مختارات من الشبكة

  • نفوسنا بين المسارعة والمخادعة (خطبة)(مقالة - آفاق الشريعة)
  • ظلم النفس والصدق مع الله تعالى (خطبة)(مقالة - آفاق الشريعة)
  • وقفات لتربية النفس في شهر شعبان (خطبة)(مقالة - آفاق الشريعة)
  • كف الأذى ونهي النفس عن الهوى (خطبة)(مقالة - آفاق الشريعة)
  • وقفات مع حديث جامع لآفات النفس (خلاصة خطبة جمعة)(مقالة - آفاق الشريعة)
  • هضم النفس في ذات الله (خطبة)(مقالة - آفاق الشريعة)
  • محاسبة النفس في ضوء الكتاب والسنة وأحكام شهر الله المحرم (خطبة)(مقالة - موقع الشيخ عبدالرحمن بن سعد الشثري)
  • عظمة وكرم (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة النيبالية)(مقالة - آفاق الشريعة)
  • الله الخالق الخلاق (خطبة) – باللغة النيبالية(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • انطلاق مسابقة تعليم وإتقان الأذان للفتيان في تتارستان
  • بعد 30 عاما دون ترميم مسجد أرسك المركزي يعود بحلة حديثة في رمضان
  • انطلاق الأعمال التمهيدية لبناء مركز إسلامي رئيسي في كاستيلون
  • مسجد العتيق: معلم إسلامي تاريخي في البوسنة يستعيد دوره الديني
  • معرض "القلم" للكتاب في رمضان يفتح أبوابه للعام الحادي عشر بإصدارات متنوعة
  • مشروع إنساني يدمج المكفوفين في برامج تعليمية وتأهيلية خلال رمضان
  • أكاديميون من روسيا وتتارستان يناقشون أحكام الصيام في ندوة علمية
  • مجالس قرآنية يومية لتعزيز الوعي الديني للمسلمين في أمريكا اللاتينية خلال شهر رمضان

  • بنر
  • بنر
  • بنر
  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 17/9/1447هـ - الساعة: 8:45
أضف محرك بحث الألوكة إلى متصفح الويب