• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    خطبة عيد الفطر لعام 1442 هـ
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    خطبة عيد الفطر
    الدكتور أبو الحسن علي بن محمد المطري
  •  
    فتولى عنهم
    د. صغير بن محمد الصغير
  •  
    فضيلة ليلة القدر هل تشمل عموم العبادات؟ (PDF)
    نايف بن محمد اليحيى
  •  
    الرد على من زعم أن وقت الإفطار في رمضان يبدأ بعد ...
    د. فهد بن ابراهيم الجمعة
  •  
    تفسير قوله تعالى: {ود كثير من أهل الكتاب لو ...
    د. عبدالفتاح بن صالح الرصابي القعطبي
  •  
    هل الأفضل الصيام أو الفطر في السفر
    أ. د. عبدالله بن محمد الطيار
  •  
    خصائص النبي صلى الله عليه وسلم (خطبة)
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    خطبة: وصايا في العيد لعام 1447هـ
    الشيخ الدكتور صالح بن مقبل العصيمي ...
  •  
    جنس السفر المبيح للفطر
    أ. د. عبدالله بن محمد الطيار
  •  
    قيام الليل: سر القوة الروحية والراحة النفسية
    بدر شاشا
  •  
    العبادة ليست أرقاما.. بل هي آثار
    د. عبدالجليل علي الشجري
  •  
    تفسير قوله تعالى: {يا أيها الناس قد جاءتكم موعظة ...
    د. عبدالفتاح بن صالح الرصابي القعطبي
  •  
    عجبا أتفرح بذهاب عمرك بلا فائدة
    محمد بن عبدالله العبدلي
  •  
    خلاصة أحكام سجود التلاوة
    د. عبدالعزيز بن سعد الدغيثر
  •  
    ضيفكم يستأذنكم فودعوه بأجمل ما عندكم (خطبة)
    الشيخ عبدالله بن محمد البصري
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

الله الخالق الخلاق (خطبة) – باللغة النيبالية

الله الخالق الخلاق (خطبة) – باللعة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 3/12/2025 ميلادي - 12/6/1447 هجري

الزيارات: 1469

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

अल्लाह सृष्टिहरुको सृष्टिकर्ता हुनुहुन्छ


सम्पूर्ण प्रशंसा सृष्टिकर्ता, सर्वशक्तिमान, क्षमाशील अल्लाहकै लागि हो। जसले हामीलाई सृष्टि गर्नुभयो, हाम्रो रूपहरू सिद्ध गर्नुभयो, र हामीलाई श्रवण, हृदय र दृष्टि दिनुभयो। (र यदि तपाईंले अल्लाहको आशीर्वादलाई गणना गर्नुहुन्छ भने, तपाईंले तिनीहरूलाई गणना गर्न सक्नु हुने छैन। वास्तवमा, मानिस अत्याचारी र अविश्वासी हो।) [इब्राहिम: ३४]. र म गवाही दिन्छु कि अल्लाह बाहेक कोही पूज्य छैन, उहाँको कुनै साझेदार छैन।उहाँले पहाडहरू स्थापना गर्नुभएको हो र नदीहरू बगाउनुभएको हो, र म गवाही दिन्छु कि हाम्रा स्वामी मुहम्मद उहाँका सेवक र उहाँका चुनिएका दूत हुन।उहाँमाथि अल्लाहको आशीर्वाद र शान्ति होस् र उहाँको परिवार र असल साथीहरू माथि पनि ।


प्रसंशा र प्रार्थना पछि: म तपाईंलाई र आफैलाई अल्लाहको भय राख्ने आदेश दिन्छु।


﴿ يَاأَيُّهَا النَّاسُ اتَّقُوا رَبَّكُمُ الَّذِي خَلَقَكُمْ مِنْ نَفْسٍ وَاحِدَةٍ وَخَلَقَ مِنْهَا زَوْجَهَا وَبَثَّ مِنْهُمَا رِجَالًا كَثِيرًا وَنِسَاءً وَاتَّقُوا اللَّهَ الَّذِي تَسَاءَلُونَ بِهِ وَالْأَرْحَامَ إِنَّ اللَّهَ كَانَ عَلَيْكُمْ رَقِيبًا ﴾ [النساء: 1].


अनुवाद:हे मानवहरू हो ! आफ्ना त्यस पालनकर्ताको भय राख जसले तिमीहरूलाई एउटै ज्यानबाट सृष्टि गरे र त्यसै ज्यानबाट उसको जोडी बनाए अनि ती दुबैबाट धेरै पुरुष तथा महिलाहरू बिस्तार गरे । त्यस अल्लाहको डर राख जसको नाम लिएर तिमीहरू परस्पर हकअधिकार माग्दछौ, अनि आफन्तहरूको (हक हनन्) बारे पनि डराउ । निस्सन्देह अल्लाह तिमीहरूका निरीक्षक हुन् ।


इस्लामी दाजुभाइहरु! विश्वास हृदयमा फरक फरक हुन्छ। र उच्च विश्वासको साथ त्यो व्यक्तिको जिन्दगी कति राम्रो हुन्छ होला? जसले माटोको जिउको आत्मालाई उसको प्रभु र सृष्टिकर्तासँग जोड्छ। र हामीलाई हृदयलाई नरम पार्ने र विश्वास बढाउने जिक्र को खाँचो छ।जसले गर्दा शैतानको शक्ति पराजित हुनेछ। र आज हाम्रो कुराकानी हाम्रो पवित्र सृष्टिकर्ताको बारेमा हुनेछ। र सृष्टिकर्ताको नामको बारेमा हुनेछ। र विद्वानहरूले अल्लाहको नामहरुको बारेमा एउटा नियम लागु गरी भनेका छन्: "अल्लाहको प्रत्येक नाममा एउटा विशेषता समावेश छ।" यस नामको विशेषतालाई बहुदेववादीहरूले पनि स्वीकार गरेका छन्, जस्तै सर्वशक्तिमानले भनेका छन:

﴿ وَلَئِنْ سَأَلْتَهُمْ مَنْ خَلَقَهُمْ لَيَقُولُنَّ اللَّهُ فَأَنَّى يُؤْفَكُونَ ﴾ [الزخرف: 87].


अनुवाद: र, यिनीहरूलाई कसले सृष्टि गर्यो भनी यिनीहरूलाई सोध्यौ भने यिनीहरूले निश्चय नै यसको उत्तर दिनेछन्– अल्लाहले । फेरि यिनीहरू कहाँ बहकाइदैछन् ?

﴿ وَلَئِنْ سَأَلْتَهُمْ مَنْ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ وَسَخَّرَ الشَّمْسَ وَالْقَمَرَ لَيَقُولُنَّ اللَّهُ فَأَنَّى يُؤْفَكُونَ ﴾ [العنكبوت: 61].


अनुवाद:यदि तिमीले यिनीहरूलाई, आकाशहरू तथा पृथ्वी कसले सृष्टि गरेकाछन् र कसले सूर्य एवं चन्द्रमालाई नियन्त्रणमा राखेकाछन्, भनेर सोध्यौ भने, यिनीहरूले अवश्य भन्नेछन्– अल्लाहले ! तै पनि यिनीहरू कहाँ बहकाइँदैछन् ?


अल खत्ताबीले भन्नुभएको छ: "सृष्टिकर्ता त्यो बनाउने वाला हुन जसले सृष्टिलाई बिना कुनै उदाहरणको उत्पन्न गर्नु भयो।


"ओ, प्रियहरू: सृष्टिकर्ता (الخالق) अल् खालिक भन्ने नाम पवित्र कुरानमा एकबचन् को रूपमा आठ पटक उल्लेख गरिएको छ। l


﴿ هُوَ اللَّهُ الْخَالِقُ الْبَارِئُ ﴾ [الحشر: 24]


उनै अल्लाह हुन् संरचनाका सृष्टिकर्ता, अस्तित्व प्रदानकर्ता।


त्यसै गरी अल्लाहको भनाइमा उल्लेख छ:

﴿ اللَّهُ خَالِقُ كُلِّ شَيْءٍ ﴾ [الرعد: 16].


अनुवाद: प्रत्येक चिजका सृष्टिकर्ता अल्लाह नै हुन्।

 

र महान सृष्टिकर्ता (الخلاق) अल् खल्लाक नाम पवित्र कुरानमा दुई पटक उल्लेख गरिएको छ:

﴿ إِنَّ رَبَّكَ هُوَ الْخَلَّاقُ الْعَلِيمُ ﴾ [الحجر: 86].


निस्सन्देह तिम्रा पालनकर्ता नै महान सृष्टिकर्ता एवं सर्वज्ञ छन् ।


महान सृष्टिकर्ता भन्ने नाम सर्वज्ञ भन्ने नाम सित जोडिनुले यो संकेत गर्दछ कि उहाँले सृष्टि गर्नु भएको सबै कुराको ज्ञान छ कि किन उहाँले त्यसलाई बनाउनु भयो? कहिले बनाउनु भयो? त्यस भित्रको कारण पनि जान्नुहुन्छ कि त्यसलाई बनाइनुको कारण के हो? उहाँले कुनै पनि चिजलाई व्यर्थ सृष्टि गर्नु भएको छैन।

 

﴿ وَمَا خَلَقْنَا السَّمَاوَاتِ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا لَاعِبِينَ ﴾ [الدخان: 38].


अनुवाद: र, हामीले आकाशहरू, पृथ्वी तथा यी दुवैबीच रहेका चिजहरूलाई खेलै–खेलमा बनाएका छैनौं ।

﴿ أَفَحَسِبْتُمْ أَنَّمَا خَلَقْنَاكُمْ عَبَثًا وَأَنَّكُمْ إِلَيْنَا لَا تُرْجَعُونَ ﴾ [المؤمنون: 115].


अनुवाद: अतः के हामीले तिमीहरूलाई व्यर्थ सृष्टि गरेका छौं ? र, तिमीहरू हामीतर्फ फर्केर आउने छैनौ भनी ठानेका छौ ?


महान सृष्टिकर्ता (الخلاق) अल् खल्लाक नाम उच्चतम तह हो जसले सर्वशक्तिमान् ईश्वरको सृष्टिको प्रशस्ततालाई संकेत गर्दछ। विचार गर्नुहोस् कि एक सेकेन्डमा कति अरबौं जीवहरू जन्मने गर्छन्।

﴿ فَتَبَارَكَ اللَّهُ أَحْسَنُ الْخَالِقِينَ ﴾ [المؤمنون: 14]..


अतः बरकतयुक्त छन् अल्लाह जो सर्वोत्तम सृष्टिकर्ता हुन् ।


वास्तवमा, प्रकृति र यसमा भएका सबै प्रकारका जीवहरूले सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छन्।

 

﴿ تُسَبِّحُ لَهُ السَّمَاوَاتُ السَّبْعُ وَالْأَرْضُ وَمَنْ فِيهِنَّ وَإِنْ مِنْ شَيْءٍ إِلَّا يُسَبِّحُ بِحَمْدِهِ وَلَكِنْ لَا تَفْقَهُونَ تَسْبِيحَهُمْ إِنَّهُ كَانَ حَلِيمًا غَفُورًا ﴾ [الإسراء: 44].


सातवटै आकाश, पृथ्वी र तिनीहरूभित्र रहेका सम्पूर्ण चिजहरू अल्लाहको स्तुति गर्दैछन् । उनको प्रशंसासाथ स्तुति नगरिरहेको कुनै पनि चिज छैन । तर, तिमीहरू उनीहरूले गरिरहेको स्तुतिलाई बुझ्दैनौं । निस्सन्देह उनी सहनशील र क्षमाशील छन् ।

 

﴿ هَذَا خَلْقُ اللَّهِ فَأَرُونِي مَاذَا خَلَقَ الَّذِينَ مِنْ دُونِهِ بَلِ الظَّالِمُونَ فِي ضَلَالٍ مُبِينٍ ﴾ [لقمان: 11].


यो अल्लाहको सृष्टि हो । अब मलाई देखाऊ अल्लाहबाहेक अरूले के सृष्टि गरे ? तर यी अत्याचारीहरू स्पष्ट रूपमा पथभ्रष्ट भएका छन् ।


यस युगका आविष्कारहरूले प्रकट गरेका केही कुराहरू यहाँ छन्: योनिमा ५०० देखि ६०० मिलियन शुक्राणुहरू जान्छ, र यी प्रत्येक शुक्राणुहरू अल्लाहको आदेशले मानव बन्न सक्षम हुनछन्। तर सर्वशक्तिमान अल्लाहले आफ्नो शक्ति र विवेकले एउटा अण्डा निषेचन गर्न यी लाखौं मध्ये एउटा छनोट गर्नुहुन्छ, ताकि यो मिलेको, चुनिएको, बोल्न सक्ने, सोच्न सक्ने होस र आफ्नो प्रभुको अनुमतिमा आफ्नो मामिलाहरू सुल्झाउन सक्ने होस। हामी पनि यसरी नै जन्मिएका हौं। त्यस कारण हामी सर्वशकतिमान अल्लाहको महानता र उहाँको बडाईको अगाडि आफुलाई नम्र बनाऔं। र हामी आफ्नो सुरुवातलाई याद गरौं जुन अवस्थामा हामी थियौं। ताकि हामीले यो शुक्राणु र यो सामान्य मानव बीचको ठूलो भिन्नता महसुस गर्न सकौं।


मानव शरीरमा एक सय ट्रिलियन भन्दा बढी कोशिकाहरू छन्। र यी प्रत्येक कोशिका भित्र उपकरणहरू, कार्यहरू, नियतहरू, कार्यक्रमहरू, नक्साहरू, र जानकारीहरू छन्, जुन सबैले आफ्ना सर्वशक्तिमान प्रभुको प्रशंसा गर्छन्। र सबै भन्दा राम्रो तरिकामा आफ्नो भूमिका प्रदर्शन गर्दछ।


प्रत्येक कोशिकामा आणविक डीएनए को ३१ अरब अक्षरहरू छन जुन चार अक्षरहरू, जुन अण्डाको केन्द्रकमा पाइने आनुवंशिक सामग्री हो र जसले जिउमा भएका अनेकौं आकारका अंगहरूलाई चलाउने जिम्मेवारी निर्वाह गर्ने गर्छ।


यी विशाल संख्यामा अम्लीय आणविक पत्रहरू, र तपाईंको शरीरमा उपस्थित यी परमाणुहरू र कोशिकाहरूको ठूलो मात्रा यिनीहरू सबैले सर्वशक्तिमान अल्लाहको महानता लाई वर्णन गर्छन र उहाँ सृष्टिकर्ता हुनुहुन्छ भनेर बोल्छन् र स्वीकार गर्छन्।


रात पर्दा आकाशतर्फ आफ्नो टाउको उठाउनुहोस्, किनकि तपाईंको टाउको माथि अरबौं आकाशगंगाहरू छन। आकाशगंगा विभिन्न ताराहरूको विशाल संग्रह हो।


ताराहरू र आकाशगंगाहरूको ठूलो दूरी विशेषज्ञहरूले किलोमिटरमा अनुमान गर्न सक्दैनन्


बरु यसलाई प्रकाशको गतिमा अनुमान गर्न सकिन्छ, र प्रकाशले एक सेकेन्डमा 300,000 किलोमिटर यात्रा गर्दछ। एक घण्टामा प्रकाशले लगभग एक अरब किलोमिटर को दूरी तय गर्छ।


आकाशगंगाहरू धेरै ठूला सृष्टि हुन्। यति धेरै कि विशेषज्ञहरूले भनेका छन्: यदि यो मान्न सकिन्छ कि कुनै वाहन प्रकाशको गतिमा यात्रा गरिरहेको छ भने, यी आकाशगंगाहरू मध्ये कुनै एउटा आकाशगंगालाई पार गर्न हजारौं वर्ष लाग्नेछ।तपाईंलाई के लाग्छ तिनीहरूको पछाडि झन् के होला? सर्वशक्तिमान् अल्लाहले भन्नु हुन्छ:

﴿ فَلَا أُقْسِمُ بِمَا تُبْصِرُونَ * وَمَا لَا تُبْصِرُونَ ﴾ [الحاقة: 38، 39].


अनुवाद: होइन, म कसम खान्छु ती चिजहरूको जुन तिमीहरू देख्छौ र ती चिजहरूको पनि जुन तिमीहरू देख्दैनौ।


त्यसै गरी अल्लाहको भनाई छ:

﴿ فَلَا أُقْسِمُ بِمَوَاقِعِ النُّجُومِ * وَإِنَّهُ لَقَسَمٌ لَوْ تَعْلَمُونَ عَظِيمٌ ﴾ [الواقعة: 75، 76].


अनुवाद: अतः होइन, म ताराहरूको स्थानहरूको कसम खान्छु। र, यो एउटा ठूलो कसम हो यदि तिमीहरूलाई थाहा भए ।


मान्छेले आफूलाई आफ्नो नजरमा ठूलो ठान्दछ। तर यदि उसले यी ठूठूला, विशालकाय एवं महान् प्राणीहरूलाई हेर्छ भने फलस्वरूप उसले हाम्रा सर्वशक्तिमान प्रभुको सामु नम्र भई नतमस्तक गर्छ र उहाँको महिमा,श्रद्धा, भय र भरोसा राख्ने गर्छ।


यी आकाशगंगाहरू जस्को बारेमा हामीले कुरा गरिरहेका छौं एक करोड वा एक हजार बिलियन ताराहरूबाट समावेश छन्। विज्ञानले यस अन्तरिक्षमा हरेक दिन नयाँ चीजहरूलाई निरन्तर पत्ता लगाइ राखेको छ। जबकि पत्ता लगाउने माध्यमहरू अझै पनि यो सबैको पछाडि के छ भनेर बुझ्न असमर्थ छन्।


यस ब्रह्माण्डको वैभव, सौन्दर्य र महानता महान् सृष्टिकर्ताको सृजनशीलताको झलक हो, उहाँको महिमा होस्।


परमेश्वरले तपाईंलाई र मलाई आशिष् दिउन्।

 

दोस्रो प्रवचन:

सम्पूर्ण प्रशंसाहरु अल्लाहकै लागि हुन.....


प्रशंसा र प्रार्थना पछि:

पवित्र अल्लाहको सृष्टि र उहाँको राज्यलाई मनन गर्नाले सृष्टिकर्ता अल्लाहमाथि आस्थालाई दृढ   बनाउन तर्फ डोर्याउँछ।

﴿ إِنَّ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ وَاخْتِلَافِ اللَّيْلِ وَالنَّهَارِ لَآيَاتٍ لِأُولِي الْأَلْبَابِ ﴾ [آل عمران: 190].


अनुवाद: निस्सन्देह आकाशहरू एवं पृथ्वीको सृष्टि र रात एवं दिनको पालैपालो आउनेजाने क्रममा बुद्धिमानहरूका लागि निशानीहरू रहेका छन्


र अल्लाह लाई सृष्टिकर्ता मान्नु उहाँको ईश्वरत्वमा आस्था राख्नु हो। किनकि अल्लाह सृष्टिकर्ता,ख्याल राख्नेवाला र व्यवस्थापक हुनुहुन्छ। त्यसैले उपासना पनि पवित्र सृष्टिकर्ताकै हुनुपर्छ। तर यदि उपासना अल्लाह बाहेक अरूको गरियो भने, यो ठूलो बहुदेववाद हो।

 

﴿ يَاأَيُّهَا النَّاسُ اعْبُدُوا رَبَّكُمُ الَّذِي خَلَقَكُمْ وَالَّذِينَ مِنْ قَبْلِكُمْ لَعَلَّكُمْ تَتَّقُونَ ﴾ [البقرة: 21].


अनुवाद: हे मानव ! आफ्ना त्यस ‘रब’ को उपासना गर जसले तिमी र तिमीभन्दा अघिका मानिसहरूको सृष्टि गरे, आशा छ कि तिमीहरू (नरकबाट) बच्न सक्नेछौ ।


र सर्वशक्तिमान् अल्लाह सृष्टिकर्ता, वरदान दिने वाला र व्यवस्थापक हुनुहुन्छ भन्ने आस्थाले सेवकलाई आफ्नो सृष्टिकर्तालाई प्रेम गर्न र उहाँको आज्ञा पालना गर्न र उहाँको नियमको अधीनमा रहन, र यसको दायरामा रहन तर्फ डोर्याउँछ र यस कारणले अल्लाह भन्नुभयो,

﴿ أَلَا لَهُ الْخَلْقُ وَالْأَمْرُ تَبَارَكَ اللَّهُ رَبُّ الْعَالَمِينَ ﴾ [الأعراف: 54].


अनुवाद: सावधान ! सृष्टि उनकै हो र आदेश पनि उनकै । अल्लाह बरकतयुक्त (मंगलमय) छन् जो सम्पूर्ण जगत्का मालिक हुन् ।


आस्थावान दाजुभाइहरू!, अल्लाहको नाम (अल खालिक (सृष्टिकर्ता) माथि आस्थाले भक्तमा विश्वासको बिभिन्न प्रभावहरु पार्छ:

पहिलो: सृष्टिकर्तामा आस्थाले अल्लाहको एकता र ईश्वरत्व लाई आवश्यक तुल्याउँछ र उहाँलाई मात्र उपासनाको हकदार ठहर गराउँछ। अल्लाहको नाम (अल खालिक (सृष्टिकर्ता) माथि आस्थाको प्रभावहरु मध्य एउटा प्रभाव हाम्रा पवित्र प्रभुको लागि पूर्ण प्रेम पनि हो। किनकि उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ र वरदान दिने हुनुहुन्छ जसको बारेमा हामी थोरै जान्दछौं र धेरै जान्दैनौं। तेस्रो: अल्लाहको नाम अल खालिक (सृष्टिकर्ता) माथि आस्थाले सर्वशक्तिमान् अल्लाहका अन्य गुणहरू जस्तै जीवन, शक्ति, ज्ञान, इच्छा र अन्यलाई संकेत गर्छ। अल्लाहको नाम अल खालिक (सृष्टिकर्ता) माथि आस्थाको प्रभावहरु मध्य एउटा प्रभाव यस सृष्टिमा उहाँको तत्वदर्शिता माथि आस्था जगाउनु पनि हो।


﴿ أَفَحَسِبْتُمْ أَنَّمَا خَلَقْنَاكُمْ عَبَثًا وَأَنَّكُمْ إِلَيْنَا لَا تُرْجَعُونَ ﴾ [المؤمنون: 115].


अनुवाद: अतः के हामीले तिमीहरूलाई व्यर्थ सृष्टि गरेका छौं ? र, तिमीहरू हामीतर्फ फर्केर आउने छैनौ भनी ठानेका छौ ?

आस्थाको प्रभावहरू मध्ये यो पनि हो:अल्लाहको नाम अल खालिक (सृष्टिकर्ता) माथि आस्था उहाँको व्यवस्थालाई स्वीकार गर्न, उहाँको आज्ञाको कदर गर्न, त्यस अनुसार काम गर्न, उहाँबाट न्याय खोज्न, र उहाँ बाहेक विकल्पको रूपमा अरू कुनै पनि कुरा सित सन्तुष्ट नहुन आवश्यक तुल्याउँछ। किनकी यो सृष्टिकर्ता, सर्वज्ञ, सर्वज्ञानी, पवित्र अल्लाहद्वारा जारी गरिएको नियम हो।

﴿ أَلَا يَعْلَمُ مَنْ خَلَقَ وَهُوَ اللَّطِيفُ الْخَبِيرُ ﴾ [الملك: 14].

 

अनुवाद: के जसले सृष्टि गरेका छन् उनैले जान्ने छैनन् त ? उनी त सुक्ष्मदर्शी एवं सुसूचित छन् ।


आस्थाको प्रभावहरू मध्ये यो पनि हो:अल्लाहको नाम अल खालिक (सृष्टिकर्ता) माथि आस्थाले उहाँलाई सृष्टिको पूर्ण विवरण को ज्ञान (चाहे त्यो सानो होस वा ठूलो) माथि विश्वास गर्नलाई आवश्यक तुल्याउँछ।

 

﴿ وَأَسِرُّوا قَوْلَكُمْ أَوِ اجْهَرُوا بِهِ إِنَّهُ عَلِيمٌ بِذَاتِ الصُّدُورِ * أَلَا يَعْلَمُ مَنْ خَلَقَ وَهُوَ اللَّطِيفُ الْخَبِيرُ ﴾ [الملك: 13، 14].


तिमीहरू गुप्त रुपमा कुरा गर वा ठूलो स्वरमा निस्सन्देह उनी मनको कुरा पनि जान्दछन्। के जसले सृष्टि गरेका छन् उनैले जान्ने छैनन् त ? उनी त सुक्ष्मदर्शी एवं सुसूचित छन् ।


आस्थाको प्रभावहरू मध्ये: क्षितिजमा र जिउहरूमा उहाँका महान् प्राणीहरूलाई हेर्दा सर्वशक्तिमान अल्लाहको लागि महिमा र आदर जाग्नु हो। किनभने यी प्राणीहरूको महानता, तिनीहरूको सटीकता र तिनीहरूको नियमितताले तिनीहरूका सृष्टिकर्ताको महानतालाई संकेत गर्दछ।


﴿ صُنْعَ اللَّهِ الَّذِي أَتْقَنَ كُلَّ شَيْءٍ إِنَّهُ خَبِيرٌ بِمَا تَفْعَلُونَ ﴾ [النمل: 88].


यो अल्लाहको सृष्टि हो जसले प्रत्येक चिजलाई सुदृढ तुल्याएका छन् । निस्सन्देह उनी तिमीहरूको प्रत्येक कार्यबाट अवगत छन् ।

 

हे अल्लाहका भक्तहरू उहाँमाथि आशीर्वाद र शान्तिको प्रार्थना गरि राख्नुहोस्।


صلى الله عليه وسلم

 

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • الله الخالق الخلاق (خطبة) – باللغة النيبالية
  • الله الخالق الخلاق (خطبة) – باللغة الإندونيسية

مختارات من الشبكة

  • الهداية من أدلة إثبات وجود الخالق جل وعلا(مقالة - آفاق الشريعة)
  • الفطرة السليمة من أدلة إثبات وجود الخالق جل وعلا(مقالة - آفاق الشريعة)
  • التاريخ من أدلة إثبات وجود الخالق جل وعلا(مقالة - آفاق الشريعة)
  • الأدلة العلمية على وجود الخالق جل وعلا(مقالة - آفاق الشريعة)
  • الأدلة العقلية على وجود الخالق جل وعلا(مقالة - آفاق الشريعة)
  • الأخلاق من أدلة إثبات وجود الخالق جل وعلا(مقالة - آفاق الشريعة)
  • اللغة من أدلة إثبات وجود الخالق جل وعلا(مقالة - آفاق الشريعة)
  • بطلان الاستدلال على خلق القرآن بقوله تعالى: ﴿الله خالق كل شيء﴾(مقالة - آفاق الشريعة)
  • رحلة في محراب التأمل والتفكر(مقالة - حضارة الكلمة)
  • خطبة: الأدب مع الخالق ورسوله ومع الخلق فضائل وغنائم(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • إفطار رمضاني يعزز ارتباط الشباب بالمسجد في ألكازار دي سان خوان
  • مسلمون جدد يجتمعون في إفطار رمضاني جنوب سيدني
  • مسابقة رمضانية في يايسي لتعريف الطلاب بسيرة النبي محمد
  • سلسلة محاضرات رمضان "المعرفة - منفعة عامة" تواصل فعالياتها في تيشان
  • طلاب القرم يتعلمون قيم الرحمة عبر حملة خيرية تعليمية
  • تعرف على مسجد فخر المسلمين في شالي أكبر مسجد في أوروبا
  • مسلمو تايلر يفتحون أبواب مسجدهم لتعريف الناس بالإسلام في رمضان
  • مبادرة رمضانية لمسلمين تقدم علاجا وغذاء مجانيا في سان خوسيه

  • بنر
  • بنر
  • بنر
  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 27/9/1447هـ - الساعة: 14:55
أضف محرك بحث الألوكة إلى متصفح الويب