• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    بر الوالدين العبادة الخفية في رمضان
    عدنان بن سلمان الدريويش
  •  
    النفخ في الصور وبداية أحداث القيامة
    محمد بن سند الزهراني
  •  
    القرآن الكريم وأثره
    بدر شاشا
  •  
    الدعاء آدابه وفضائله
    الشيخ خالد بن علي الجريش
  •  
    الاستغفار في رمضان
    السيد مراد سلامة
  •  
    قاعدة الخراج بالضمان (PDF)
    جواد بن حمد بن عبدالله الربيش
  •  
    تفسير قوله تعالى: {أمن هو قانت آناء الليل ساجدا ...
    د. عبدالفتاح بن صالح الرصابي القعطبي
  •  
    الزكاة (خطبة)
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    ومضت العشر الأولى (خطبة)
    الشيخ محمد بن إبراهيم السبر
  •  
    خطبة: تنبيه القلوب والأذهان إلى فضائل شهر رمضان
    د. فرغلي هارون
  •  
    خطبة: مفطرات الصيام
    الشيخ الدكتور صالح بن مقبل العصيمي ...
  •  
    مرحبا شهر الصيام (خطبة)
    د. عبد الرقيب الراشدي
  •  
    حكم الصيام إذا اشتبهت الأشهر على المسلم
    أ. د. عبدالله بن محمد الطيار
  •  
    لوازم الإيمان وحقيقتها (خطبة)
    د. أحمد بن حمد البوعلي
  •  
    نفحات القبول وطريق الفلاح في شهر الصيام (خطبة)
    الشيخ أحمد إبراهيم الجوني
  •  
    خطبة عن شهر رمضان
    عبدالله أحمد علي الزهراني
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: استشعار التعبد وحضور القلب (باللغة النيبالية)

خطبة: استشعار التعبد وحضور القلب (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 29/10/2025 ميلادي - 7/5/1447 هجري

الزيارات: 1934

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

विषय:

भावना र चेतनाका साथ दिल लगाएर उपासना गर्नु

 

पहिलो प्रवचन:

الحمد لله العفوِ الغفور العزيزِ الشكور الحليمِ الصبور، وأشهد ألا إله إلا الله وحده لا شريك له الفتاح الهادي الوهاب الشافي، وأشهد أن محمد عبده ورسوله خاتم الأنبياء له من ربه سبحانه الثناء وله الثناء من أهل الأرض والسماء، فصلى الله عليه وعلى آله وصحبه وسلم تسليماً كثيراً.

 

आस्थावान दाजुभाइहरु! म तपाईलाई र आफैलाई अल्लाहको भय राख्न रोज्नको लागि आदेश दिन्छु। किनकि हामी प्रत्येकले परलोकको यात्रा गर्नु पर्छ। तर हामीलाई थाहा छैन हामी त्यहाँ कहिले पुग्छौं! यो यात्रा सुरु हुने बित्तिकै कार्यको श्रृंखला अवरुद्ध हुन्छ।

وما هذه الأيامُ إلا مراحلٌ
يحثُ بها داعٍ إلى الموتِ قاصدُ

وأعجبُ شيءٍ لو تأملتَ أنها
منازلُ تطوى والمسافر قاعدُ


अनुवाद: यो संसार केही चरणहरू मिलेर बनेको छ। जसलाई मृत्युको दूतले तय गरि रहेको छ ।यसलाई सोच्ने हो भने सबैभन्दा अचम्म लाग्ने छ कि गन्तव्यहरु तय भइरहेका छन् र यात्री बसिरहेका छन् । अगमवक्ताको युगमा, केही मानिसहरू हज गर्ने मनसायले यमन बाट मक्का तर्फ निकले, तर तिनीहरूसँग सामल (बाटो खर्च) को रूपमा केही थिएन। जसले गर्दा कुरानको यो चेतावनी अवतरण भयो जसमा उनीहरुलाई सामल (बाटो खर्च) राख्न आदेश दिइएको थियो।

 

तसर्थ, शरियतमा पर्याप्त सामल (बाटो खर्च) राख्न आवश्यक गरिएको छ, त्यसपछि उनीहरूलाई यस्तो असली सामल (बाटो खर्च)को आदेश दिइयो जसको लाभ यस लोक र परलोक दुवैमा सदा-सर्वदा रहनेछ। र त्यो सामल (बाटो खर्च)ले व्यक्तिलाई सबैभन्दा उत्तम आनन्द र अनन्तकालको सबैभन्दा ठूलो अनुदानमा ल्याउन सक्छ।

: ﴿ وَتَزَوَّدُوا فَإِنَّ خَيْرَ الزَّادِ التَّقْوَى وَاتَّقُونِ يَا أُولِي الْأَلْبَابِ ﴾ [البقرة: 197].

 

(हजका लागि) सामल (बाटा–खर्च) लिएर जाऊ र सबभन्दा उत्कृष्ट सामल ‘तक्वा’ (ईशभय) हो । र, हे बुद्धिमानहरु हो! मेरो अवज्ञाबाट बच ।

 

परम दयालु अल्लाहका भक्तहरू! हृदयको उपासना अंगहरुको उपासनाको आधार हो। हृदयको एक कार्य यस्तो पनि छ कि जसबाट भक्तलाई आज्ञाकारीताको कार्यहरू गर्न सजिलो हुन्छ। यदि यो उपस्थित छ भने, आस्थावानले उपासनालाई अझ सुन्दर ढंगले गर्दछ। यसले गर्दा पुरस्कार र पुण्य मा बढोत्तरी हुन्छ। यो उपासनाको भावना हो। यसको सम्बन्ध इमानदारी, विश्वास, श्रद्धा, आशा, भय र सम्मान आदिसँग छ!.. मेरो मतलब उपासनालाई चेतना साथ र हृदयबाट गर्नु हो। आउनुहोस् हामी आफैलाई सम्झाउने गरौं:

﴿ فَإِنَّ الذِّكْرَى تَنْفَعُ الْمُؤْمِنِينَ ﴾ [الذاريات: 55]

 

अनुवाद: उपदेशले आस्थावानहरूलाई अवश्य लाभान्वित तुल्याउँछ ।

 

यस सल्लाहलाई वक्ता र श्रोता दुवैको लागि उपयोगी बनाउन हामी अल्लाहसँग प्रार्थना गर्दछौं।

 

आस्थावान दाजुभाइहरु! जसले उपासना गर्दा त्यसको सद्गुणलाई मनमा जीवित राख्छ। र त्यसबाट पुण्यको आशा राख्छ र आफ्नो भगवानको निकटता महसुस गर्छ, तब उसलाई उपासनामा आनन्द मिल्छ र उसको बानी पनि उपासनामा परिणत हुन्छ। तर जो व्यक्ति अंगहरुले उपासना गर्छ तर मनबाट बेवास्ता गर्छ, ऊ धेरै भलाईहरुबाट वञ्चित हुन्छ। र उसको उपासना पनि बानी जस्तै हुन्छ।


परम दयालु अल्लाहका भक्तहरू! नमाज इस्लामको स्तम्भ हो। यसका धेरै सद्गुणहरू अवतरित भएका छन्। हामी दिनमा धेरै पटक नमाज पढ्ने गर्दछौँ तर के हामी प्रत्येक रकतमा अल्लाहसँग कानेफुसी गरेको महसुस गर्छौं?!

 

सहिह मुस्लिममा, हदीसे कुदसी उल्लेखित छ: "अल्लाहले भन्नुभयो: मैले नमाजलाई म र मेरो दासको बीचमा आधा आधा विभाजित गरेको छु। र मेरो भक्तले जे माग्छ त्यो उसको हुन्छ।"


जब भक्तले भन्छ (सम्पूर्ण प्रशंसाहरु अल्लाहकै लागि हो), अल्लाहले भन्नुहुन्छ: मेरो भक्तले मेरो प्रशंसा गर्यो। र जब उसले भन्छ: (अत्यन्त कृपालु अत्यन्त दयालु छन्) तब अल्लाह भन्नुहुन्छ: मेरो भक्तले मेरो तारिफ गर्यो।त्यसपछि जब उसले भन्छ: ( निर्णयको दिनका स्वामी हुन्) तब (अल्लाह) भन्नुहुन्छ: मेरो दासले मेरो महानता वर्णन गरेको छ।" हदीस

 

प्रश्न उठ्छ, के हामी कोअत्यन्त दयालु अल्लाहको प्रतिक्रिया महसुस गर्छौं? जब हामी सुरह अल-फातिहा पढिसकेपछि आमीन भन्छौं, के हामीले त्यस प्रार्थनालाई महसुस गर्छौं जसमा हामीले आमीन भनिरहेका हुन्छौं ? हामी आमीन त भन्छौं, तर हामी यसको अर्थबाट बेवास्ता हुन्छौं: हे अल्लाह! स्वीकार गर। र यो थाहा भएको कुरा हो कि बेवास्ता गर्ने हृदयको प्रार्थना स्वीकार हुँदैन।


एउटा हदीस छ जसमा भनिएको छ: "जब तपाईंहरु मध्ये कोही नमाज पढ्नको लागि खडा हुन्छ, उसले आफ्नो प्रभुसंग कानेफुसि गर्छ। त्यसैले उसले ध्यान दिनु पर्छ कि उसले उहाँसँग कसरी कानेफुसि गरिरहेको छ ।"

 

के हामी रुकुमा अल्लाहको सम्मान महसुस गर्छौं?के हामी सज्दाको अवस्थामा आफूलाई नम्र बनाउँछौं? जबकि हामी यस अवस्थामा सर्वशक्तिमान अल्लाहको सबैभन्दा नजिक हुन्छौं।

 

के हामीलाई यसको स्मरण हुन्छ कि समूहका साथ इशाको नमाज पढ्नेलाई आधा रातसम्म प्रार्थना गर्ने र फजरको नमाज समूहका साथ पढ्नेले रातभर प्रार्थना गर्ने झैं पुण्य प्राप्त गर्छ


अल्लाहका भक्तहरू! जब तपाईं आफ्नो आमाबाबु वा नातेदारहरूलाई भेट्नुहुन्छ वा तिनीहरूको सेवा गर्नुहुन्छ, वा जब तपाईंलाई यो कार्य गाह्रो लाग्न थाल्छ, तब अल्लाहको यो भनाइलाई सम्झनुहोस्, जसमा सर्वशक्तमान अल्लाहले सम्बन्धको बारेमा भन्नुभएको छ। जसरी कि यो सहिहैनमा वर्णन गरिएको छ: के तिमीलाई यो मन पर्दैन कि जस्ले तिमीलाई जोड्छ मा उस संग सम्बन्ध जोड्छु र जो तिमीलाई तोड्छ मा उस संग सम्बन्ध तोड्छु ?"

 

यस हदीसको प्रकाशमा, हामीले सम्बन्ध जोड्न उत्प्रेरित हुनुपर्दछ।हामी l सम्बन्ध विच्छेदको बारेमा होसियार र सचेत हुनुपर्दछ ।र आत्म इच्छाहरूको अनुसरण गर्नबाट जोगिनुपर्दछ:

﴿ فَهَلْ عَسَيْتُمْ إِنْ تَوَلَّيْتُمْ أَنْ تُفْسِدُوا فِي الْأَرْضِ وَتُقَطِّعُوا أَرْحَامَكُمْ * أُولَئِكَ الَّذِينَ لَعَنَهُمُ اللَّهُ فَأَصَمَّهُمْ وَأَعْمَى أَبْصَارَهُمْ ﴾ [محمد: 22، 23].

 

अनुवाद: (अल्लाहको आदेशबाट) तिमीहरू बिमुख भएमा धर्तीमा विध्वंश मच्चाउनु र नातागोता छिन्नभिन्न पार्नु बाहेक तिमीहरूबाट के आशा गर्न सकिन्छ । यी नै तिनीहरू हुन् जसमाथि अल्लाहको अभिशाप परेको छ । अनि तिनीहरूका श्रवणशक्ति तथा दृष्टिशक्ति खोसेका छन् ।

 

परम दयालु अल्लाहका भक्तहरू! जब तपाईंले बिरामी व्यक्तिलाई भेट्नुहुन्छ त्यति बेला तपाईंले केही सद्गुणहरूको आशा अवश्य राख्नुहोला। जसमध्ये यो पनि हो कि ईशदूतहरूले तपाईंको लागि प्रार्थना गर्छन् र तपाईं नफर्कुन्जेल तपाईंले स्वर्गको फलहरू प्राप्त गरिरहनु हुन्छ। हदीसमा भनिएको छ।: बिरामीलाई भेट्ने व्यक्ति फर्केर नआएसम्म स्वर्गको अवस्थामा रही रहन्छ।" (मुस्लिम)

 

यदि तपाईं साँझमा बिरामीलाई भेट्नुहुन्छ भने, यो कार्य भलाईको एउटा ढोका हो। किनकि सहिह हदीसमा उल्लेख गरिए अनुसार तपाईंले बिहानसम्म ईशदूतको प्रार्थना प्राप्त गरिरहनु हुनेछ।

 

हे मेरा साथीहरु! उहुद पहाड (बराबरको पुण्य)लाई कल्पनामा राखियो भने मुस्लिमको अन्त्येष्टिमा सहभागी भई चिहान डाँडासम्म पछिपछि जाने इच्छा जाग्छ। चाहे त्यो अन्त्येष्टि अपरिचित वा वग यात्रीको नै किन नहोस्!

 

परम दयालु अल्लाहका भक्तहरू! सामान्यतया, सबै मानिसहरू सहमत छन् कि तिनीहरू असल आचरणको कदर गर्छन् जस्तै कि हँसिलो अनुहारका साथ भेटनु, भेटघाट गर्दा मुस्कुराउनु, सत्य बोल्नु, सहयोग गर्नु, उदार हुनु र राम्रो बोली वचन प्रयोग गर्नु। तर एउटा मुस्लिमको गुण यो हो कि जब उसको राम्रो नियत हुन्छ तब उसले अल्लाहको उपासनाको इनाम पाउँछ। जसको कारण उसले अल्लाहको नजरमा स्थान प्राप्त गर्दछ र यति धेरै पुरस्कार र इनामहरू प्राप्त गर्दछ कि उसको कर्मको किताब भारी हुन्छ।


अल्लाहका दासहरू!

जब तपाई किनबेच गर्नुहुन्छ त्यतिबेला उचित लाभ लिनुहोस्। जति तपाइँले आफैलाई दिन मन पराउनु हुन्छ। किनकि त्यसो गरेर तपाइँ विश्वास र उच्च नैतिकताको मूल्यहरू अभ्यास गर्नुहुन्छ। त्यसैले यसलाई याद राख्नुहोस् ताकि तपाइँलाई ठूलो पुरस्कारबाट पुरस्कृत गरियोस्। "तिमीहरू मध्ये कोही पनि (पूर्ण) आस्थावान हुन सक्दैन जबसम्म उसले आफ्नो भाइको लागि त्यो मन पराउँदैन जुन उसले आफ्नो लागि मन पराउँदछ।" (सहिह बुखारी)।

 

विश्वासी भाइहरू! जागिर र काम एउटा नासो हो। सम्भव छ कि तपाईले आफ्नो काममा कमी गर्नु हुन्छ र कसैलाई थाहा हुँदैन। र यदि थाहा भइहाले पनि तपाईलाई बेवास्ता गरिन्छ। र त्यो व्यक्ति जसले नासोको महानतालाई महसुस गर्छ र आफूलाई जवाफदेही हुनु पर्छ भन्ने सम्झन्छ उसले व्यक्तिगत रूपमा लगनशीलतापूर्वक कामहरु गर्नेछ किनकि आवश्यक कार्यहरू गरेर उसले आफूलाई मुक्त गर्न सक्छ, त्यसैले डर र आशाको भावना र अल्लाहको अदृश्यको ज्ञानमा गर्ने विश्वासले उसलाई आफ्नो काम राम्रो तरिकाले गर्न उत्प्रेरित गर्नेछ। हामी अल्लाहसँग मद्दतको लागि प्रार्थना गर्दछौं।

 

अल्लाहका भक्तहरू! दान एउटा ठूलो उपासना हो। यसले मुस्लिमलाई शुद्ध पार्छ र आत्मालाई शुद्धता प्राप्त हुन्छ र धनमा लाभ हुन्छ।

: ﴿ خُذْ مِنْ أَمْوَالِهِمْ صَدَقَةً تُطَهِّرُهُمْ وَتُزَكِّيهِمْ بِهَا ﴾ [التوبة: 103]

 

(हे नबी स.!) उनीहरूको धनबाट ‘सदका’ (दान) स्वीकार गर, यसद्वारा उनीहरूलाई तिमी पवित्रता र शुद्धता प्रदान गर्नेछौ । र उनीहरूको हितमा प्रार्थना गर, निस्सन्देह तिम्रो प्रार्थना उनीहरूका लागि शान्तिप्रद छ । र, अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् ।

 

के हामीले यो सद्गुण महसुस गर्छौं? के दान दिनेले महसुस गर्छ कि परम दयालु अल्लाहले उसको दान लिनु हुन्छ। अल्लाह सर्वशक्तिमानले अर्को आयतमा भन्नुहुन्छ:

﴿ أَلَمْ يَعْلَمُوا أَنَّ اللَّهَ هُوَ يَقْبَلُ التَّوْبَةَ عَنْ عِبَادِهِ وَيَأْخُذُ الصَّدَقَاتِ وَأَنَّ اللَّهَ هُوَ التَّوَّابُ الرَّحِيمُ ﴾ [التوبة: 104].


अनुवाद:के तिनीहरूलाई थाहा छैन कि अल्लाहले नै आफ्ना भक्तहरूको तौबा स्वीकार गर्छन् र सदका कबुल गर्छन् । र, निश्चय नै अल्लाह अति क्षमाशिल एवं परम दयालु छन् ।

 

एउटा हदीस मा भनिएको छ: "जसले वैध कमाईबाट एक खजूर बराबर दान दिन्छ। (र अल्लाहले वैध र शुद्ध चीजहरू मात्र स्वीकार गर्नु हुन्छ) अल्लाहले यो दान आफ्नो दाहिने हातले लिनुहुन्छ, त्यसपछि दिनेवालाको लागि त्यसलाई बढाउनु हुन्छ जसरी तिमीहरू आफ्नो घोडा को बछोरा पाल्छौ। त्यति बेला सम्म बढाउनु हुन्छ जबसम्म त्यो दान उहुद पहाड बराबर हुँदैन।” (बुखारी र मुस्लिम)

 

अल्लाहले तपाईलाई र मलाई कुरान र सुन्नतको आशीर्वाद प्रदान गरुन। हामीलाई ती आयतहरु र ज्ञानका कुराहरुबाट लाभान्वित गरून्। र अल्लाहसँग माफी माग्नुहोस्, निस्सन्देह उहाँ धेरै क्षमाशील हुनुहुन्छ।

 

दोस्रो प्रवचन:

الحمد لله القائل ﴿ وَمَنْ يُعَظِّمْ شَعَائِرَ اللَّهِ فَإِنَّهَا مِنْ تَقْوَى الْقُلُوبِ ﴾ [الحج: 32] والقائل ﴿ لَنْ يَنَالَ اللَّهَ لُحُومُهَا وَلَا دِمَاؤُهَا وَلَكِنْ يَنَالُهُ التَّقْوَى مِنْكُمْ ﴾ [الحج: 37] وصلى الله وسلم على نبيه القائل " ألا وإن في الجسدِ مُضغَةً: إذا صلَحَتْ صلَح الجسدُ كلُّه، وإذا فسَدَتْ فسَد الجسدُ كلُّه، ألا وهي القلبُ ".

 

प्रसंशा र प्रार्थना पछि:

अल्लाहको उपासनाको भावना र चेतनालाई जीवित राख्नु र मन लगाएर त्यसलाई गर्नु नै परोपकारको स्तरमा पुग्ने मार्ग हो। जुन धर्मको उच्चतम स्तर हो।

 

परोपकारका दुई स्तरहरू छन्, पहिलो स्तर: "अल्लाहको उपासना यसरी गर्नुहोस् मानौं तपाईंले उहाँलाई देख्दै हुनुहुन्छ", यो स्तर प्राप्त तब हुन्छ जब तपाईंके यस चरण पार गर्नुहुन्छ: "यदि तपाईंले उहाँलाई देख्नु भएको छैन भने उहाँले तपाईंलाई हेर्दै हुनुहुन्छ।"

 

اللہ پاک کے اس فرمان پر غور کریں: ﴿ وَتَوَكَّلْ عَلَى الْعَزِيزِ الرَّحِيمِ * الَّذِي يَرَاكَ حِينَ تَقُومُ * وَتَقَلُّبَكَ فِي السَّاجِدِينَ * إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ ﴾ [الشعراء: 217 - 220].

 

र, भरोसा राख अति प्रभुत्वशाली एवं परम दयालु (अल्लाह) माथि। जो हेर्ने गर्छन् तिमीलाई जब तिमी (नमाजमा) खडा हुन्छौ। र, तिम्रा गतिविधिहरूलाई जब तिमी सज्दा गर्नेहरूमाझ हुन्छौ। निस्सन्देह अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन्।

 

प्रिय मित्रहरू! यो एउटा ठूलो आशीर्वाद हो कि अल्लाहले व्यक्तिलाई रातको एकान्तमा आफ्नो प्रभुको अगाडि उभिने अवसर दिनु हुन्छ र त्यो व्यक्ति परलोकको डर र आफ्नो प्रभुको कृपा आफ्नो हृदयमा राखेर रातको तेस्रो भागमा अल्लाह समक्ष उभिनछ। त्यस बेला उसले अल्लाहको निकटता र ईश्वरीय प्रतिज्ञालाई सम्झनुपर्छ: "के कोही छ जसले मेरो प्रार्थना गर्छ कि म उसको प्रार्थना स्वीकार गर्नेछु? कोही छ जसले मा सँग माग्छ र मा उसलाई दिनेछु? कोही छ जसले माफी माग्छ कि म उसलाई क्षमा गर्नेछु?" (बुखारी र मुस्लिम)

 

परम दयालु अल्लाहका भक्तहरू! अल्लाहको स्मरण गर्नु सबैभन्दा ठूलो र सम्मानजनक उपासना हो। त्यसैले के हामी ईश्वरको सम्झनाको समयमा यी उपासनाका अर्थहरु बुझिरहेका हुन्छौं?, किनभने अल्हम्दुलिल्लाह भन्नु कृतज्ञता प्रकट गर्नु , र अल्लाहू अकबर भन्नु बडाई बयान गर्नु हो। सुब्हान अल्लाह भन्नु पवित्रता वर्णन गर्नु हो र ला हौल वला कुवत इल्ला बिल्लाह पढ्नु भनेको मद्दतको लागि प्रार्थना हो।

 

विद्वानहरु भन्छन कि सबै भन्दा राम्रो जिक्र त्यो हो जुन हृदय र जिब्रो दुबैबाट एक साथ गरिन्छ।

 

के हामी यो महान पुण्यलाई याद गर्छौं कि अल्लाहलाई जसले सम्झन्छ उहाँले उसलाई सम्झनु हुन्छ?! हदीसे कुदसीमा भनिएको छ: "यदि उसले मलाई आफ्नो आत्मामा सम्झन्छ भने, म उसलाई पनि मेरो परमात्मामा सम्झन्छु। यदि उसले मलाई भीडभाडमा सम्झन्छ भने, म उसलाई अझ राम्रो जमघटमा सम्झन्छु।" (बुखारी र मुस्लिम)

 

यदि अल्लाहलाई याद गर्नु को यही एउटा मात्र सद्गुण भएको भए पनि यो पर्याप्त हुन्थ्यो।

 

इब्न अल-कय्यिमले भनेका छन:

जब उपवास बस्ने व्यक्तिले अल्लाहको आज्ञालाई महसुस गर्छ, हदीस कुदसीमा सर्वोच्च, उसले आफ्नो प्रभुको निकटता महसुस गर्दछ र उपवासको आकर्षण बढ्छ: "उसले मेरो खातिर आफ्नो इच्छा र खाना र पेय त्याग्छ" (सहिह बुखारी)

 

प्यारा साथीहरु! कुरान पढ्दा के हामी अल्लाहका आदेशहरूलाई स्मरण गर्छौं जसमा हामीलाई नै सम्बोधन गरिएको छ? एक जना व्यक्ति अब्दुल्लाह बिन मसूदकहाँ आयो र भन्यो: "मलाई केही सल्लाह दिनुहोस्। उहाँले भन्नुभयो: जब तपाईं अल्लाहले (कुरआनमा) भनेको सुन्नुहुन्छ: "हे आस्थावानहरु! "त्यसलाई धाउन दिएर सुन्नुहोस् किनभने त्यहाँ वा राम्रो कुरा हुनेछ जसको अल्लाहले आदेश दिनुहुन्छ वा त्यहाँ कुनै नराम्रो कुरा हुनेछ जसलाई उहाँले निषेध गर्नुहुन्छ" (यसको श्रृंखलालाई अहमद शाकिर ले सहीह भनेका छन)।

 

परम दयालु अल्लाहका भक्तहरू! स्वाभाविक रूपले यी अर्थ र बुझाईको बोध र चेतना फरक हुन्छ , विश्वासको तथ्य र यसको स्तरहरूले हृदय जति भरिन्छ, त्यति नै यसको भावना र चेतना पूर्ण र निरन्तर हुनेछ। यो हाम्रो दायित्व हो कि हामीले आत्म संघर्ष गरिरहनु पर्छ। यी स्तर र तथ्यहरू बारे हामी सचेत हुनु पनि यस काममा मद्दत गर्ने चीज हो। आत्म विरुद्ध लड्नुहोस्, प्रार्थना गर्नुहोस र जिक्रको बैठक आयोजना गर्नुहोस, सम्भवतः यिनै लक्ष्यहरूलाई ध्यानमा राखेर एक अर्कालाई सल्लाह र आदेश दिन अनिवार्य गरिएको छ।:

﴿ وَذَكِّرْ فَإِنَّ الذِّكْرَى تَنْفَعُ الْمُؤْمِنِينَ ﴾ [الذاريات: 55].


अनुवाद: र उपदेश दिँदै गर किनभने उपदेशले आस्थावानहरूलाई अवश्य लाभान्वित तुल्याउँछ।

 

उहाँमाथि आशीर्वाद र शान्तिको प्रार्थना गरि राख्नुहोस्।

 

صلى الله عليه وسلم.

 

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • استشعار التعبد وحضور القلب
  • استشعار التعبد وحضور القلب (باللغة الأردية)
  • خطبة: استشعار التعبد وحضور القلب (باللغة البنغالية)
  • الله البصير (خطبة) - باللغة النيبالية
  • الله الخالق الخلاق (خطبة) – باللغة النيبالية
  • خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة النيبالية)

مختارات من الشبكة

  • خطبة: استشعار التعبد وحضور القلب (باللغة الإندونيسية)(مقالة - آفاق الشريعة)
  • التعبد بذكر النعم وشكرها (خطبة)(مقالة - آفاق الشريعة)
  • سلسلة ذنوب الجوارح - خطبة: جارحة القلب(مقالة - آفاق الشريعة)
  • حين يستحي القلب يرضى الرب (خطبة)(مقالة - آفاق الشريعة)
  • تغير الأحوال بين الماضي والحاضر (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: تنبيه القلوب والأذهان إلى فضائل شهر رمضان(مقالة - آفاق الشريعة)
  • استقبال رمضان بالعزم على إصلاح القلوب والأعمال (خطبة)(مقالة - آفاق الشريعة)
  • أقبل رمضان فيا قلوب أقبلي (خطبة)(مقالة - آفاق الشريعة)
  • علق قلبك ببيوت الله (خطبة)(مقالة - آفاق الشريعة)
  • املأ قلبك بمحبة النبي صلى الله عليه وسلم تكن رفيقه في الجنة (خطبة)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • معرض "القلم" للكتاب في رمضان يفتح أبوابه للعام الحادي عشر بإصدارات متنوعة
  • مشروع إنساني يدمج المكفوفين في برامج تعليمية وتأهيلية خلال رمضان
  • أكاديميون من روسيا وتتارستان يناقشون أحكام الصيام في ندوة علمية
  • مجالس قرآنية يومية لتعزيز الوعي الديني للمسلمين في أمريكا اللاتينية خلال شهر رمضان
  • برامج دينية وخيرية ومبادرات تطوعية تميز رمضان بمنطقة مترو ديترويت
  • كيغالي تشهد حفلا ضخما لتخريج 70 ألف حافظ وحافظة لكتاب الله
  • أكثر من 400 امرأة يشاركن في لقاء نسائي تمهيدي لرمضان بكرواتيا
  • استعدادات رمضانية تنطلق بندوة شبابية في أوسلو

  • بنر
  • بنر
  • بنر
  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 11/9/1447هـ - الساعة: 15:15
أضف محرك بحث الألوكة إلى متصفح الويب