• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    شموع (118)
    أ. د. عبدالحكيم الأنيس
  •  
    الجبال (خطبة)
    د. محمد بن عبدالعزيز بن إبراهيم بلوش ...
  •  
    ذكر الله تعالى (خطبة)
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    الحديث التاسع والعشرون: فضل الشفاعة وقضاء حوائج ...
    الدكتور أبو الحسن علي بن محمد المطري
  •  
    تفسير: (وما يستوي البحران هذا عذب فرات سائغ شرابه ...
    تفسير القرآن الكريم
  •  
    المواظبة على السنن
    السيد مراد سلامة
  •  
    التغافل دليل المروءة وعنوان الكرم (خطبة)
    د. محمد حرز
  •  
    أذكار ينبغي الحرص عليها في اليوم والليلة
    فهد بن عبدالعزيز عبدالله الشويرخ
  •  
    {إن للمتقين مفازا}
    د. خالد النجار
  •  
    قسوة القلب (خطبة) (باللغة النيبالية)
    حسام بن عبدالعزيز الجبرين
  •  
    تخريج حديث: يغسل ذكره وأنثييه ويتوضأ
    الشيخ محمد طه شعبان
  •  
    فضل صلاة الجماعة: قوة الإيمان وروح الوحدة
    د. أمير بن محمد المدري
  •  
    سلسلة هدايات القرآن (19) هدايات سورة البقرة: هو ...
    حمادة إسماعيل فودة
  •  
    حديث: لا يخلون رجل بامرأة إلا مع ذي محرم
    الشيخ عبدالقادر شيبة الحمد
  •  
    الشيخوخة نذير الموت
    نورة سليمان عبدالله
  •  
    من مائدة الحديث: وجوب رضا الوالدين والتحذير من ...
    عبدالرحمن عبدالله الشريف
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

قسوة القلب (خطبة) (باللغة النيبالية)

قسوة القلب (خطبة) (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 5/4/2026 ميلادي - 17/10/1447 هجري

الزيارات: 201

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

विषय:

हृदयको कठोरता

 

प्रथम प्रवचन:

الحمد لله العليم الحكيم، الصبور الحليم، القريب الرحيم يجيب دعوة الداعي إذا دعاه، وأشهد أن لا إله إلا الله وحدَه لا شريك له يجبر المنكَسِر إذا لاذَ بحِماه، وأشهد أن محمدًا عبده ورسوله بلغ الرسالة وأدى الأمانة ونصح الأمة وجاهد في الله حق جهاده صلَّى الله عليه وعلى آله وأصحابه.

 

प्रशंसा र प्रार्थना पछि!

म तपाईहरुलाई र आफूलाई अल्लाहको भय राख्ने र नयाँ तवरले क्षमायाचना गर्ने आदेश दिन्छु। र यो सल्लाह दिन्छु कि अल्लाहको आज्ञाकारिताको माध्यमबाट अल्लाह सित मद्दत माग्नुहोस्।


﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَقُولُوا قَوْلاً سَدِيداً * يُصْلِحْ لَكُمْ أَعْمَالَكُمْ وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ وَمَنْ يُطِعِ اللَّهَ وَرَسُولَهُ فَقَدْ فَازَ فَوْزاً عَظِيماً ﴾ [الأحزاب: 70، 71].

 

अनुवाद: हे आस्थावानहरु हो! अल्लाहको भय राख र ठीक कुरा गर्ने गर। अल्लाहले तिमीहरूका कर्महरू सुधार्नेछन् र तिमीहरूका पापहरूलाई क्षमा गर्नेछन्। र, जसले अल्लाह एवं उनका संदेशटाको आज्ञापालन गर्यो उसले ठूलो सफलता प्राप्त गर्यो।

 

हे इस्लामी दाजुभाइहरू! भक्तको हृदय र उसको कार्यहरुलाई अल्लाहले हेरिरहनुहुन्छ, किनभने यो हदीसमा उल्लेख गरिएको छ: "अल्लाहले तपाईंको रूप र तपाईंको धनलाई हेर्नुहुँदैन, तर उहाँले तपाईंको हृदय र कार्यहरूलाई हेर्नुहुन्छ।" यो हदीसलाई इमाम मुस्लिम द्वारा वर्णन गरिएको छ।


अल्लाहका संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो छातीतर्फ इशारा गरेर तीन पटक भन्नुभयो: ईशभय यहाँ छ, र उहाँ(सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो जब यो हृदय ठीक हुन्छ, सम्पूर्ण शरीर ठीक हुन्छ र यदि हृदय गलत हुन्छ भने सम्पूर्ण शरीर बिग्रन्छ।


ईशभय अनुसार भक्तले सर्वशक्तिमान अल्लाहको नजरमा आदर र प्रतिष्ठा प्राप्त गर्दछ:

﴿ إِنَّ أَكْرَمَكُمْ عِنْدَ اللَّهِ أَتْقَاكُمْ إِنَّ اللَّهَ عَلِيمٌ خَبِيرٌ ﴾ [الحجرات: 13].

 

वास्तवमा अल्लाहको दृष्टिमा तिमीहरूमध्ये सर्वाधिक प्रतिष्ठित त्यो व्यक्ति हो जो तिमीहरूमध्ये सबैभन्दा अधिक ईशभय राख्छ। निस्सन्देह अल्लाह सर्वज्ञ तथा सुसूचित छन्।

 

आज हाम्रो कुराकानीको विषय एउटा यस्तो रोग हो जसको सम्बन्ध आस्था र हृदयसँग छ । पवित्र कुरानमा धेरै आयतहरू छन् जसले हामीलाई यस रोगको बारेमा सचेत बनाउँछन। किनकि यसको कारणले आस्था कमजोर हुन्छ। र यसबाट ग्रसित व्यक्ति शैतानको जालमा फस्छ। यस समस्याले भक्तलाई अल्लाह सित कानेफूसी गर्न र उहाँको सामु नम्र हुन र झुक्नबाट वञ्चित गर्छ। त्यसरी नै यो समस्या आँसु को सुख्खापन दिमाग को कठोरताको कारण बन्छ। त्यस कारण अल्लाहले मुहम्मद (स) का साथीहरूलाई विगतका ति समुदायको बाटो हिँड्न बाट रोक्नु भयो जो यस समस्याका शिकार भएका थिए। र यस रोग को विभिन्न स्तरहरु छन। यस बाट हाम्रो मतलब हृदयको कठोरता हो। हो, हाम्रो हृदय कठोर भै सकेको छ। हामी कुरान सुन्छौं र त्यसलाई पढ्छौं, तर हाम्रा आँखाहरू भिजदैनन, र हाम्रो जिउ सिरिङ्ग हुँदैन।


हामी सुरह करीआ, सुरह जिलजाल, सुरह हाक्कह, पुनरुत्थानको दिनको डरलाग्दो माहोल र त्यो दिनको विवरण पढ्छौं जब मानिस आफ्नो दाजुभाइ, आमाबुबा, पत्नी र छोराछोरीबाट टाढा भाग्छ, तर हामीमा कुनै असर हुँदैन।


हामी फलानो फलानोको मृत्युको खबर सुन्छौं, अन्त्येष्टिमा पनि जान्छौं, चिहानमा पनि जान्छौं, तर हामीमा खासै परिवर्तन आउँदैन। हामी सल्लाह दिन्छौं, धेरै डरलाग्दो खबरहरु सुन्छौं, तर हाम्रो मुटु बिरलै काँप्छ।


हे आस्थावान दाजुभाइहरु!

 

हृदयको कठोरता आँसुको सुक्खापन र यादको कमीमा मात्र निर्भर छैन, खराब आचरण पनि हृदयको कठोरतासँग सम्बन्धित छ।


अल्लाहको यस भनाइमा चिन्तन मनन गरौ:

﴿ فَبِمَا رَحْمَةٍ مِنَ اللَّهِ لِنْتَ لَهُمْ وَلَوْ كُنْتَ فَظًّا غَلِيظَ الْقَلْبِ لَانْفَضُّوا مِنْ حَوْلِكَ فَاعْفُ عَنْهُمْ وَاسْتَغْفِرْ لَهُمْ وَشَاوِرْهُمْ فِي الْأَمْرِ فَإِذَا عَزَمْتَ فَتَوَكَّلْ عَلَى اللَّهِ إِنَّ اللَّهَ يُحِبُّ الْمُتَوَكِّلِينَ ﴾ [آل عمران: 159].

 

अनुवाद:(हे मुहम्मद (स.)!) तिमी अल्लाहको कृपाले नै उनीहरूप्रति उदार रहेका छौ । यदि तिमी क्रुर एवं कठोर हृदयी भएको भए यिनीहरू तिम्रो वरिपरिबाट तितरवितर हुने थिए ।

 

सादी भन्छन् कि "फज्ज" को अर्थ खराब आचरणवाला र "गलीज़ल-कल्ब" को अर्थ कठोर हृदयी हो, यस्तो अवस्थामा कोमलता को विपरीत कठोरता हुनेछ।


जब मन कठोर हुन्छ, तब मानिसलाई आफ्नो मुस्लिम भाइको पीडा र दुःखको वास्ता हुँदैन र पीडामा परेका मानिसहरूको दुःखले उसलाई कुनै असर गर्दैन।


हे अल्लाहका भक्तहरू, अल्लाह आफ्ना सेवकहरूलाई गरिबी, युद्ध र अन्य चीजहरूद्वारा परीक्षा लिनुहुन्छ ताकि तिनीहरू आफ्ना पालनकर्ताको अगाडि नम्र होउन् ।


तर हृदयको कठोरताले व्यक्तिलाई अल्लाहको सामु नम्र हुन र झुक्न बाट वञ्चित गर्छ।


जसरी कि अल्लहले भन्नु हुन्छ:

﴿ فَلَوْلَا إِذْ جَاءَهُمْ بَاسُنَا تَضَرَّعُوا وَلَكِنْ قَسَتْ قُلُوبُهُمْ ﴾ [الأنعام: 43].

 

अनुवाद: र, तिनीहरूसमक्ष हाम्रो प्रकोप आउँदा तिनीहरू किन बिनम्र भएनन् ? बरु तिनीहरूको हृदय झन् कठोर भयो।

 

शैतानले मान्छेहरूसँग विभिन्न चालहरू खेल्छ र कठोर हृदय भएको व्यक्ति यी चालहरूको अगाडि फस्छ।


सर्वशक्तिमान अल्लाहले भन्नुहुन्छ

﴿ لِيَجْعَلَ مَا يُلْقِي الشَّيْطَانُ فِتْنَةً لِلَّذِينَ فِي قُلُوبِهِمْ مَرَضٌ وَالْقَاسِيَةِ قُلُوبُهُمْ ﴾ [الحج: 53].

 

अनुवाद: (यस्तो किन हुन्छ भने) ताकि शैतानले उत्पन्न गरेको बाधालाई उनी ती व्यक्तिहरूकालागि परीक्षा बनाऊन् जसका हृदयमा (कपटको) रोग लागेको छ, र जसका हृदयहरू कठोर छन् ।

 

कहिलेकाहीँ धेरैलाई लाग्छ कि हृदयको कठोरता पापको कारण मात्र हो। र धेरै मानिसहरू यस तथ्यबाट बेखबर हुन्छन् कि हृदयको कठोरता कहिलेकाहीँ अल्लाहको तर्फबाट सजाय र पापको फल हुने गर्दछ।, त्यसैले जुन भक्तले अल्लाहको अवज्ञा गर्छ अल्लाहले उसलाई दण्ड दिनुहुन्छ। यसरी कि उहाँले उसमाथि हृदयको कठोरता थोप दिनुहुन्छ। पवित्र कुरानमा उल्लेख छ:

﴿ فَبِمَا نَقْضِهِم مِّيثَاقَهُمْ لَعنَّاهُمْ وَجَعَلْنَا قُلُوبَهُمْ قَاسِيَةً ﴾ [المائدة: 13].


अनुवाद: अह्ले–किताबले स्वयम् आफ्नो वाचा तोडेकाले हामीले तिनीहरूलाई श्रापित गर्यौं र तिनीहरूका हृदयलाई कठोर पारिदियौं ।

 

चिन्तन मनन गर्नुहोस् कि तिनीहरूलाई श्राप गरियो र तिनीहरूको हृदय कठोर बनाइयो, अल्लाहले हामीलाई यी सबै चीजहरूबाट रक्षा गरून्।

 

आफ्नो इच्छाको पालना गर्ने र अल्लाह र उनका संदेशवाहक को आदेशलाई स्वीकार नगर्ने कारणले हृदयमा कठोरता उत्पन्न हुन्छ:

﴿ فَإِن لَّمْ يَسْتَجِيبُوا لَكَ فَاعْلَمْ أَنَّمَا يَتَّبِعُونَ أَهْوَاءهُمْ ﴾ [القصص: 50].


अनुवाद: यदि तिनीहरूले तिम्रो कुरा मानेनन् भने, जानी राख कि तिनीहरू केवल आफ्नो मनोकांक्षाको पछि लागिरहेका छन् ।

 

एउटा अर्को आयतमा भनिएको छ:

﴿ أَفَرَأَيْتَ مَنِ اتَّخَذَ إِلَهَهُ هَوَاهُ وَأَضَلَّهُ اللَّهُ عَلَى عِلْمٍ وَخَتَمَ عَلَى سَمْعِهِ وَقَلْبِهِ وَجَعَلَ عَلَى بَصَرِهِ غِشَاوَةً فَمَن يَهْدِيهِ مِن بَعْدِ اللَّهِ أَفَلَا تَذَكَّرُونَ ﴾ [الجاثية: 23].


अनुवाद: के तिमीले त्यस व्यक्तिको स्थितिबारे विचार गर्यौ जसले आफ्नो इच्छालाई आफ्नो उपास्य बनाएको छ, अनि अल्लाहले ज्ञानको आधारमा त्यसलाई पथभ्रष्टतामा फ्याँकि दिएका छन्, र त्यसका कान तथा हृदयलाई सिल गरिदिएका छन्, तथा त्यसका आँखामा पट्टि लगाइदिएका छन् ? अल्लाहपछि अब यस्तो व्यक्तिलाई कसले मार्गदर्शन गर्न सक्छ त ? के तिमीहरू शिक्षा ग्रहण गर्दैनौ ?


अल्लाहले उल्लेख गर्नुभएको छ कि बनी इस्राइलका मानिसहरूको हृदय यति कठोर भएको थियो कि तिनीहरू ढुङ्गा जस्तै वा अझ कठोर भइसकेका थिए।अल्लाहले यो कुरालाई बनी इस्राइलका गाईवाला मानिसहरूको घटनापछि उल्लेख गर्नुभएको छ। जसले प्रतिरोध र हिंसा गरेका थिए। त्यसैले तिनीहरूले गाईको वध गरेका थिए, र तिनीहरुको मनशाय आज्ञापालनको थिएन।


सायद सुरा अल-बकरहको नामाकरणको कारण पनि यही हो। यस नामबाट हाम्रो समुदायलाई चेतावनी दिइन्छ कि हामीले अल्लाह र उहाँका संदेशटा को आदेशलाई स्वीकार गर्नुपर्छ र गाई वालाहरू (अस्हाबे बकर) जस्तै बन्नु हुँदैन।खास मा सुरह बकारा सबैभन्दा ठूलो छ। र यस सुरह भित्र हुकुम र आदेशहरू भरिएका छन्। सुरहको अन्त्यमा अल्लाहले विश्वासीहरूको भनाइलाई वर्णन गर्नुभएको छ:

﴿ وَقَالُواْ سَمِعْنَا وَأَطَعْنَا غُفْرَانَكَ رَبَّنَا وَإِلَيْكَ الْمَصِيرُ ﴾ [البقرة: 285].

 

अनुवाद: हे हाम्रा पालनकर्ता! हामी तिमीसित क्षमा याचना गर्छौं र तिमीतर्फ नै हामीहरू फर्कनुछ ।

 

हे आस्थावान दाजुभाइहरू! हजरत इब्न मसुद (रअ) ले भन्नुभयो: हाम्रो इस्लाममा प्रवेस गर्नु र यस आयत मार्फत अल्लाहको हप्की बीच चार वर्ष भन्दा बढीको अन्तर थिएन:

﴿ أَلَمْ يَأْنِ لِلَّذِينَ آمَنُوا أَنْ تَخْشَعَ قُلُوبُهُمْ لِذِكْرِ اللَّهِ ﴾ [الحديد: 16].


"के आस्थानवानहरूका लागि अल्लाहको स्मरण तथा अवतरित भएको नितान्त सत्यप्रति उनीहरूको हृदय नम्र हुने समय आइपुगेको छैन र ?


यस हादीस लाई इमाम मुस्लिमले वर्णन गरेका छन ।


अल्लाहले सबै भन्दा राम्रो समुदाय, सर्वश्रेष्ठ मानिसहरूलाई डराउनु भएको छ, जबकि उनीहरू उपासक, मुजाहिद, र आत्मत्याग गर्ने मानिसहरू थिए । त्यसोभए यो जमानामा हाम्रो के हैसियत होला जबकि उपद्रवहरु सामान्य भइसकेका छन् र संसार आफ्ना सबै सांसारिक झिलिमिली बाट सजिएको छ।


हाम्रा पापहरूका कारण हाम्रा हृदयहरू कठोर भइसकेका छन्। यसको बावजुद हामी धेरै कम क्षमायाचना गर्छौं र हामी उपासनामा कमजोर भइसकेका छौं। यद्यपि यो हदीसमा उल्लेख गरिएको छ: उपद्रवहरू हृदयहरूमा राखिने छन् जसरी चकटी (को बुनाई)मा पराल-पराल (एक-एक गरी) राखिन्छ। र जुन हृदयलाई उपद्रवले भरिन्छ (हृदयले उपद्रवहरुलाई स्वीकार गर्छ र आफू भित्र बसाउँछ) त्यसबेला एउटा कालो बिन्दु बस्नेछ। र उपद्रवलाई अस्वीकार गर्ने हृदयमा सेतो बिन्दु बस्नेछ। यहाँ सम्म कि हृदय दुई प्रकारको हुनेछन: (एउटा हृदय) सेतो, चिल्लो ढुङ्गा जस्तै हुनेछ त्यतिबेला सम्म जबसम्म आकाश र पृथ्वी रहिरहन्छ। कुनै उपद्रवले यसलाई हानि गर्दैन। दोस्रो: कालो माटो रंगको कालो उल्टी हाँडी जस्तै हुनेछ (जसमा पानीको एक थोपा पनि टिक्दैन) जसले मनले चाहेको बाहेक न कुनै राम्रो कामलाई चिन्न सक्छ र न त कुनै खराबीलाई अस्वीकार गर्नेछ।


(यस हादीसलाई मुस्लिम द्वारा वर्णन गरिएको छ)


पाप माथि पाप गर्नाले हृदय यति कठोर हुन्छ कि यो पर्दा जस्तै हुन्छ जसले हृदयलाई ढाक्छ (अल्लाहको शरण चाहन्छु)


﴿ كَلَّا بَلْ رَانَ عَلَى قُلُوبِهِمْ مَا كَانُوا يَكْسِبُونَ ﴾ [المطففين: 14].

 

अनुवाद:कदापि होइन तिनीहरूले गरेको दुष्कर्मको कारणले नै तिनीहरूको हृदयमा खिया परेको छ ।

 

सर्वशक्तिमान अल्लाहले कठोर हृदयवालाहरुको लागी बर्बादीको धम्की दिनुभएको छ

﴿ فَوَيْلٌ لِلْقَاسِيَةِ قُلُوبُهُمْ مِنْ ذِكْرِ اللَّهِ أُولَئِكَ فِي ضَلَالٍ مُبِينٍ ﴾ [الزمر: 22].

 

अनुवाद: अतः धिक्कार छ ती व्यक्तिहरूमाथि जसको हृदय अल्लाहको उपदेशको बारेमा कठोर भइसकेको छ ।

 

हे आस्थावान दाजुभाइहरू! हृदयको कठोरता सामान्यतया पाप र अवज्ञाको प्राकृतिक परिणाम हो। तर हृदयको कठोरता सिर्जना गर्नमा विशेष प्रभाव पार्ने एउटा अर्को कारण पनि छ, र यस कारणको सारांश यस प्रकार छ: (अल्लाहको सम्झनाबाट टाढा रहनु)


सर्वशक्तिमान अल्लाह को भनाइ छ:

﴿ أَلَمْ يَانِ لِلَّذِينَ آَمَنُوا أَنْ تَخْشَعَ قُلُوبُهُمْ لِذِكْرِ اللَّهِ وَمَا نَزَلَ مِنَ الْحَقِّ وَلَا يَكُونُوا كَالَّذِينَ أُوتُوا الْكِتَابَ مِنْ قَبْلُ فَطَالَ عَلَيْهِمُ الْأَمَدُ فَقَسَتْ قُلُوبُهُمْ وَكَثِيرٌ مِنْهُمْ فَاسِقُونَ ﴾ [الحديد: 16].

 

अन्वाद: के आस्थानवानहरूका लागि अल्लाहको स्मरण तथा अवतरित भएको नितान्त सत्यप्रति उनीहरूको हृदय नम्र हुने समय आइपुगेको छैन र ? र, यिनीहरू ती व्यक्तिहरूजस्तो नहोऊन् जसलाई यसअघि ग्रन्थ प्रदान गरियो अनि तिनीहरूमाथि जब एउटा लामो समय बित्यो तब तिनीहरूको हृदयहरु कठोर भए । र, तिनीहरूमध्ये अधिकांश अवज्ञाकारी छन् ।

 

त्यसैले तपाईं विचार गर्नुहोस् कि कसरि लामो समय र अल्लाहको पुस्तकबाट दूरीले उनीहरूको हृदयलाई कठोर बनायो? कुरआनको यस्तो पाप (जसमा अघिल्लो समुदायहरू संलग्न थिए) बाट चेतावनी दिनुको उद्देश्य मनोरञ्जन र ऐतिहासिक दृश्य देखाउन लागि होइन, तर यो यसको लागि ही कि हामी यसबाट बच्न र यसबाट पाठ प्राप्त गर्न सकौ।


त्यसैगरी, अल्लाहको यो भनाइ जसमा अल्लाहको यादबाट दूरी र हृदयको कठोरता बीचको सम्बन्ध छ त्यसमा विचार गर्नुपर्छ।


: ﴿ فَوَيْلٌ لِلْقَاسِيَةِ قُلُوبُهُمْ مِنْ ذِكْرِ اللَّهِ ﴾ [الزمر: 22].


अनुवाद: अतः धिक्कार छ ती व्यक्तिहरूमाथि जसको हृदय अल्लाहको उपदेशको बारेमा कठोर भइसकेको छ ।


इब्ने जरिर भन्छन्: अल्लाह तआलाले आफ्नो स्मरणलाई यसरी वर्णन गर्दै भन्नु भएको छ: त्यस्ता मानिसहरूको लागि विनाश छ जसको हृदय कठोर भयो, तिनीहरू अल्लाहको स्मरणबाट टाढा भए र मुख फर्काउन थाले।

 

हे अल्लाह! हामी त्यस्तो ज्ञानबाट तपाईंको शरण चाहन्छौं जुन नाफामुलक छैन र हृदयबाट जुन भयमुक्त छ। पश्चात्ताप गर्नुहोस् र अल्लाहसँग क्षमा माग्नुहोस्। निस्सन्देह, उहाँ अति क्षमाशील हुनुहुन्छ।

 

दोस्रो प्रवचन:

सम्पूर्ण प्रशंसाहरु अल्लाहकै लागि हुन.....


प्रसंशा र प्रार्थना पछि:

हे अल्लाहका भक्तहरु!

 

हृदयको कठोरताको उपचार यो हो कि भक्त र उसको प्रभुको बीचमा साँचो प्रायश्चित होस। किनकि यस्तो अवस्थामा भक्तले बारम्बार राम्रो कर्म गर्नेछ र पापहरूबाट टाढा रहनेछ। र यी दुई विधिहरूद्वारा ऊ पापको फोहोरबाट शुद्ध हुनेछ। र यसको विषको उपचार गर्नेछ। हृदयलाई नरम र डराउने बनाउने सबै भन्दा उत्तम तरिका भनेको ईश्वरको वचन हो, ईश्वर सर्वशक्तिमान भन्छन्।

﴿ اللَّهُ نَزَّلَ أَحْسَنَ الْحَدِيثِ كِتَابًا مُتَشَابِهًا مَثَانِيَ تَقْشَعِرُّ مِنْهُ جُلُودُ الَّذِينَ يَخْشَوْنَ رَبَّهُمْ ثُمَّ تَلِينُ جُلُودُهُمْ وَقُلُوبُهُمْ إِلَى ذِكْرِ اللَّهِ ﴾ [الزمر: 23].


अनुवाद:अल्लाहले उत्तम वाणी अवतरण गरेका छन्– ग्रन्थ जसका आयतहरू परस्पर मिल्दाजुल्दा र बारम्बार पुनरावृत्ति गरिएका छन् जसलाई सुन्दा ती व्यक्तिहरूको आङ जिरिङ्ग हुन्छ जो आफ्ना पालनकर्ताको भय राख्छन् । फेरि उनीहरूका शरीर र हृदय नरम भएर अल्लाहको स्मरणतिर आकर्षित हुन्छन् ।


र कुरान सुन्नुमा अजबको असर हुन्छ ।


﴿ وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَاناً ﴾ [الأنفال: 2].

 

अनुवाद: र उहाँका आयतहरू पढेर सुनाउँदा उनीहरूको ईमान झन् बढ्न थाल्छ।


जब कुरआनको पाठ गरिन्छ तब तिनीहरूले कुरआनको पठन सुन्दछन्।अल्लाहले आफ्ना अगमवक्ताहरू र आफ्ना चुनिएका मानिसहरूको बारेमा समाचार दिँदै भन्नुभयो:

﴿ إِذَا تُتْلَى عَلَيْهِمْ آيَاتُ الرَّحْمَن خَرُّوا سُجَّداً وَبُكِيّاً ﴾ [مريم: 58].


अनुवाद: यिनीहरूसमक्ष जब करुणामय (अल्लाह) का आयतहरू पाठ गरिन्थ्यो तब सज्दा गर्न थाल्थे र रुन थाल्थे ।


बरु, जो मुस्लिम बनेका थिएनन्, तिनीहरूका आँखाहरू पनि रसिला भए, जस्तै हबशामा हजरत जाफर र उनका साथीहरूको घटनामा जब नजाशी र उनका साथीहरूले कुरान सुनेका थिए:

﴿ وَإِذَا سَمِعُواْ مَا أُنزِلَ إِلَى الرَّسُولِ تَرَى أَعْيُنَهُمْ تَفِيضُ مِنَ الدَّمْعِ مِمَّا عَرَفُواْ مِنَ الْحَقِّ يَقُولُونَ رَبَّنَا آمَنَّا فَاكْتُبْنَا مَعَ الشَّاهِدِينَ ﴾ [المائدة: 83].


अनुवाद: र, जब उनीहरू रसूलमाथि अवतरित वाणी सुन्दछन् तब उनीहरूका आँखाबाट सत्यबोधको कारणले आँसु बगेको तिमी देख्नेछौ । र, उनीहरू प्राथना गर्छन्– हे हाम्रा पालनकर्ता हामीले ईमान ल्यायौँ अतः साक्षी दिनेहरूमा हामीलाई पनि सामेल गर ।


हृदयको कठोरता निको पार्ने एउटा उपाय अल्लाहलाई धेरै याद गर्नु हो

: ﴿ الَّذِينَ آمَنُواْ وَتَطْمَئِنُّ قُلُوبُهُم بِذِكْرِ اللّهِ أَلاَ بِذِكْرِ اللّهِ تَطْمَئِنُّ الْقُلُوبُ ﴾ [الرعد: 28].

 

अनुवाद: ती व्यक्तिहरू जो ईमान ल्याउँने हुन् र जसको हृदयले अल्लाहको स्मरणबाट सन्तुष्टि प्राप्त गर्छन् । र, जानिराख अल्लाहको स्मरणबाट नै हृदयहरू सन्तुष्ट हुने गर्छन् ।


एक व्यक्तिले हसन बसरीलाई भने: हे अबू सईद, म तपाईलाई मेरो हृदयको कठोरताको बारेमा गुनासो गर्छु? उहाँले भन्नुभयो, अल्लाहको यादबाट यो कठोरता हटाउनुहोस्।

 

हृदयको कठोरता निको पार्ने अर्को तरिका अल्लाहसँग प्रार्थना गर्नु र उहाँको शरण लिनु हो। किनकि हृदय अल्लाहको हातमा छ। पैगम्बर मुहम्मद (स)ले उनी अल्लाहसँग डर नमान्ने हृदयबाट शरण खोज्थे। र उहाँ आफ्नो पालनकर्तासँग सफा हृदयको लागि प्रार्थना गर्थे। र उनी अल्लाहसँग (हृदयको) मार्गदर्शन र ईशभय लागि प्रार्थना गर्थे। र उनी प्रायः (हृदयको) स्थिरताको लागि प्रार्थना गर्ने गर्थे।

 

यसलाई निको पार्ने एउटा तरिकाहरू यो पनि हो कि मुस्लिम व्यक्ति चिहानहरूमा जाओस् विशेष गरी त्यस बेला जब उ एक्लै हुन्छ। त्यहाँ केही समय बसेर ध्यान गरोस र साथीहरूको श्रेणीमा पर्दा आफ्नो अवस्थालाई स्मरण गरोस कि जब माटो उस माथि हालिन्छ र तिनीहरू परिवार र साथीहरूले छोड्नेछन्।

 

हृदयको कठोरता निको पार्ने एउटा अर्को तरिका दान र परोपकार गर्नु हो।हजरत अबू हुरैरा (रअ) ले भन्नुहुन्छ: "एक व्यक्तिले अल्लाहका सँदेश्टा (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आफ्नो हृदयको कठोरताको बारेमा गुनासो गरे। उहाँले भन्नुभयो: यदि तपाईं आफ्नो हृदय नरम होस् भन्ने चाहानुहुन्छ भने गरिब र खाँचोमा परेकाहरूलाई खाना खुवाउनुहोस्, र अनाथको हेरचाह गर्नुहोस्।" यो हदीस इमाम अहमदद्वारा वर्णन गरिएको छ र अल्लामा अल-अल्बानीले यसलाई हसन घोषित गर्नुभएको छ।


तसर्थ,हाम्रो लागि यो आवश्यक छ कि हामी हृदय नरम हुन बाट निरुत्साहित हुनु हुँदैन चाहे हाम्रा हृदयहरू जतिसुकै कठोर किन नहोस्।, किनकि जब अल्लाहले ति मानिसहरूको अवस्थाको बारेमा चेताउनी दिनुभयो जस माथि लामो अवधि गुज्री सकेको छ र तिनीहरूको हृदय कठोर भएका छ, त्यसपछी अल्लाहले भन्नुभयो:

﴿ اعْلَمُوا أَنَّ اللَّهَ يُحْيِ الْأَرْضَ بَعْدَ مَوْتِهَا قَدْ بَيَّنَّا لَكُمُ الْآيَاتِ لَعَلَّكُمْ تَعْقِلُونَ ﴾ [الحديد: 17].


अनुवाद: जानि राख! भूमिलाई त्यसको मृत्युपछि अल्लाहले नै जीवित पार्छन् । हामीले तिमीहरूकालागि आफ्ना आयतहरू प्रष्ट पारिसकेका छौं ताकि तिमीहरू बुझ।

 

र त्यस आयत पछि उहाँले दान दिने आदेश दिनुभयो

: ﴿ إِنَّ الْمُصَّدِّقِينَ وَالْمُصَّدِّقَاتِ وَأَقْرَضُوا اللَّهَ قَرْضًا حَسَنًا يُضَاعَفُ لَهُمْ وَلَهُمْ أَجْرٌ كَرِيمٌ ﴾ [الحديد: 18].

 

अनुवाद: निस्सन्देह सद्का दिने पुरुष तथा महिला र जो अल्लाहलाई उत्तम ऋण दिन्छन् ती सबैकालागि यो कैयौं गुणा बढाइनेछ र उनीहरूकालागि सम्मानजनक प्रतिदान रहेकोछ ।


हृदयलाई कोमल बनाउने र कठोर हुनबाट रोक्ने उपायहरूमध्ये असल मानिसहरूको संगत राख्नु र अवज्ञाकारी जमघटबाट टाढा रहनु पनि हो। अल्लाहको आदेश छ:

﴿ وَاصْبِرْ نَفْسَكَ مَعَ الَّذِينَ يَدْعُونَ رَبَّهُمْ بِالْغَدَاةِ وَالْعَشِيِّ يُرِيدُونَ وَجْهَهُ وَلَا تَعْدُ عَيْنَاكَ عَنْهُمْ تُرِيدُ زِينَةَ الْحَيَاةِ الدُّنْيَا وَلَا تُطِعْ مَنْ أَغْفَلْنَا قَلْبَهُ عَنْ ذِكْرِنَا وَاتَّبَعَ هَوَاهُ وَكَانَ أَمْرُهُ فُرُطًا ﴾ [الكهف: 28].


अनुवाद: र आफ्नो रबको प्रसन्नता प्राप्तिकोलागि उनलाई बिहान र बेलुका पुकार्ने व्यक्तिहरूसँग तिमी स्वयंलाई जोडेर राख । र, यस सांसारिक जीवनको शोभालाई खोज्दै तिम्रो दृष्टि उनीहरूबाट नहटोस् । र, तिमी कुनै पनि यस्तो व्यक्तिको आज्ञापालन नगर जसको हृदयलाई हामीले हामै्र स्मरणबाट विस्मृत तुल्याएका छौं, र जो आफ्नो कुअभिलाषाको अनुसरण गर्छ अनि जसको कार्यले सीमाहरूलाई नाघेको छ ।


अन्तमा, हे अल्लाहका भक्तहरू! हामीलाई यसको चाहना हुनु पर्छ की हृदयलाई कोमल बनाउँछ र कुरआन सुनेर,त्यसको पाठ गरेर, विरामीहरुलाई भेटेर, प्रार्थना गरेर,चिहानहरुको अवलोकन गरेर, दान दिएर, धेरै मात्रामा अल्लाहलाई याद गरेर र असल मानिसहरूको जमघटमा उपस्थित भएर हृदयको कठोरता निको पार्नुहोस्।

 

उहाँमाथि आशीर्वाद र शान्तिको प्रार्थना गरि राख्नुहोस्।


صلى الله عليه وسلم.

 

लेखक:

प्रख्यात शेख हुसाम बिन अब्दुल अजीज अल-जिब्रीन


अनुवादक:

मुहम्मद सुलैमान बिन रमजान अली

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • قسوة القلب (خطبة)‏
  • خطبة آثار قسوة القلب (خطبة)
  • قسوة القلب (خطبة) (باللغة الأردية)
  • قسوة القلب (خطبة) (باللغة الإندونيسية)
  • قسوة القلب (خطبة) (باللغة البنغالية)

مختارات من الشبكة

  • قسوة القلب (2)(مقالة - موقع د. أمين بن عبدالله الشقاوي)
  • قسوة القلب (1)(مقالة - موقع د. أمين بن عبدالله الشقاوي)
  • فساد القلب بين القسوة والسواد(مقالة - آفاق الشريعة)
  • التوازن في حياة الرسول صلى الله عليه وسلم(مقالة - آفاق الشريعة)
  • السحر والشعوذة تسيطر على أمي(استشارة - الاستشارات)
  • خطبة: استشعار التعبد وحضور القلب (باللغة النيبالية)(مقالة - آفاق الشريعة)
  • فكأنما وتر أهله وماله (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • عظمة وكرم (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة النيبالية)(مقالة - آفاق الشريعة)
  • الله الخالق الخلاق (خطبة) – باللغة النيبالية(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • بعد 9 سنوات من البناء افتتاح مسجد جديد بمدينة شومن
  • قازان تحتضن منافسات قرآنية للفتيات في أربع فئات
  • خبراء يناقشون معايير تطوير جودة التعليم الإسلامي في ندوة بموسكو
  • مسابقة قرآنية لاكتشاف حافظات القرآن في تتارستان
  • مسلمو غورنيا بينيا يسعدون بمسجدهم الجديد بعد 10 أشهر من البناء
  • إفطار رمضاني يعزز ارتباط الشباب بالمسجد في ألكازار دي سان خوان
  • مسلمون جدد يجتمعون في إفطار رمضاني جنوب سيدني
  • مسابقة رمضانية في يايسي لتعريف الطلاب بسيرة النبي محمد

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 16/10/1447هـ - الساعة: 16:10
أضف محرك بحث الألوكة إلى متصفح الويب